९ पुस । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा कैलाली १ बाट प्रतिनिधि सभा सदस्यमा बिजयी रेशम चौधरीलाइ माननीय बन्न सर्वोच्चले रोकेको छ ।
टीकापुर घटनाका मुख्य अभियुक्तको सुचीमा रहेका फरार चौधरी राजपाबाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनी विजयी भएका हुन् ।
चुनाव जितेका चौधरी निर्वाचित भएको प्रमाणपत्र वारेसमार्फत पाउनु पर्ने माग गर्दै सर्वोच्च गएका थिए ।
सर्वोच्च प्रशासनले रिट दरपीठ गरेपछि परेको निवेदनमा न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले रजिष्टारको आदेश कानुनबमोजिम भएको समेत फैसला सुनाएको छ ।
अदालतले फैसलमा भनेको छ 'आफु विरुद्ध कर्तव्य ज्यान मुद्दा दायर भएको जानकारी राख्ने यी निवेदकले अदालतवाट जारी भएको वारेन्ट तथा म्यादी पूर्जी समेतको अवज्ञा गरिरहेको प्रष्ट देखिन्छ । अदालती प्रक्रियालाई छलेर कसैले पनि संविधान एवं प्रचलित कानुनले प्रदान गरेको सुविधा उपयोग गर्न पाउँछ भन्नु कदाचित मिल्दैन ।'
फैसलाको पूर्णपाठ हेर्नुहोस्


प्रतिकृया दिनुहोस्