Birendranagar Municipality

कर्णाली आन्दोलनका सहिदको स्मृतिमा शालिक बन्दै

सुभाकर विश्वकर्मा/जुम्ला
कर्णाली आन्दोलनका सहिदको स्मृतिमा शालिक बन्दै

१० पुस । कर्णाली आन्दोलनका प्रथम सहिद हरि बहादुर कुवँरको स्मृतिमा जुम्लामा शालिक निर्माण हुने भएको छ । सिमाङ्कनको विरोधमा भएको आन्दोलनको क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका सहिद कुवँरको स्मृतिमा सालिक निर्माण गरिने भएको हो ।

 

राज्य पुर्रसंरचना गर्ने क्रममा साविकको कर्णाली अञ्चललाई सुदुर पश्चिमसंग गाभिएको विरोधमा भएको १२ दिन लामो आन्दोलनको क्रममा २०७२ साउन ३१ गते प्रहरीको गोली लागेर घाइते भएका कुवँरको उपचारको क्रममा टिचिङ अस्पतालमा मृत्यु भएको थियो ।

 

हरि बहादुर कुवँर स्मृति कर्णाली प्रतिष्ठान जुम्लाको आयोजनामा जिल्लामा बसेको सरोकारवालाहरुको वैठकले सालिक निर्माण गर्ने स्थान तोकेको हो ।

 

जिल्ला प्रशासन कार्यालयको पुर्व, उद्योग वाणिज्य संघको उत्तर, चन्दननाथ मन्दिर जाने मुल बाटोको पश्चिम र मुल बजारको दक्षिण भागमा सहिद कुवँरको सालिक निर्माण गर्ने निर्णय भएको छ ।

 

साथै शालिक निर्माणको लागि आवश्यक रकम जुम्लाका ८ वटै स्थानिय तहसंग माग गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष तथा सहिद कुवँरका दाई राज बहादुर कुवँरले जानकारी दिए ।

 

२०७४ पुस १० मा प्रकाशित

प्रतिकृया दिनुहोस्