Birendranagar Municipality

'सफा र सुन्दर सुर्खेत बनाऔं' : क्षेत्रीय प्रशासक प्रधान

सेरोफेरो
'सफा र सुन्दर सुर्खेत बनाऔं' : क्षेत्रीय प्रशासक प्रधान

१० पुस । क्षेत्रीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति (आर वास सिसि) ले सुर्खेत घोषणा पत्र २०७३ सोमवार वीरेन्द्रनगरमा सार्वजनिक गरेको छ । २०७३ फाल्गुन १२ र १३ मा संचालित क्षेत्रिय स्तरको सरसफाइ सम्मेलनबाट प्राप्त विभिन्न ३० बुँदालाई सार्वजनिक गरिएको हो । 

 

कार्यक्रममा आर वास सि सिका सदस्य सचिव एवं क्षेत्रिय अनुगमन तथा सुपरिवक्षण कार्यालय सुर्खेतका निर्देशक चन्द्रबहादुर केसीले सम्मेलनबाट प्राप्त सुझावहरु यस क्षेत्रको सरसफाइको प्रवद्र्धनको लागि ज्यादै महत्वपुर्ण रहेको बताए ।

 

कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्देलले घोषणापत्रको मर्मअनुसार सवै सरोकारवाला निकायहरुले काम गर्नुपर्नेमा जोड दिए । उनले भने 'सामुदायिक विद्यालयको सरसफाइको अवस्था ज्यादै खस्केको छ यसलाइ सवैले निरन्तर अनुगमन तथा पृष्ठपोषण दिन अत्यावश्यक छ ।'

 

कार्यक्रममा आर वास सिसि का अध्यक्ष तथा क्षेत्रीय प्रशासक सुरेश प्रधानले सरसफाइमा सवैभन्दा महत्वपुर्ण पक्ष बानी व्यवहार परिवर्तन भएकोले यसमा सवैले ध्यान दिनुपर्नेमा जोड दिए । सुर्खेतको वीरेन्द्रनगर तथा शहरउन्मुख बजार क्षेत्रहरुमा सरसफाइमा प्रगति हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे । साथै क्षेत्रीय प्रशासक प्रधानले सफा र सुन्दर सुर्खेतलाइ कुरुप हुन नदिन सवै नागरिक र सरोकारवाला सचेत हुनुपर्नेमा जोड दिए ।


कार्यक्रममा क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयका सिनियर डिभिजनल इन्जिनियर आविद हुसैनले घोषणा पत्र प्रस्तुत गरेका थिए ।


कार्यक्रममा विभिन्न क्षेत्रीय स्तरका सरकारी, गैरसरकारी संस्थाका प्रतिनिधिहरु र पत्रकारहरुले विभिन्न सुझावहरु दियका थिए ।

२०७४ पुस १० मा प्रकाशित

प्रतिकृया दिनुहोस्