Birendranagar Municipality

छोरीका लागी नायिका रेखा गाउँ पसिन्

सेरोफेरो
छोरीका लागी नायिका रेखा गाउँ पसिन्

बालविवाह न्यूनिकरण गर्ने उद्देश्यका साथ शुरु गरिएको ‘छोरीका लागि स्वर्णीम नेपाल’ महाअभियानले आज सुर्खेतको पञ्चपुरी नगरपालिकामा सचेतनामूलक कार्यक्रम गरेको छ ।

 

पञ्चपुरी नगरपालिकाको आयोजना एवम् पञ्चपुरी वडा नं. २ को संयोजनमा कार्यक्रम गरिएको हो । अन्तराष्ट्रिय प्रशिक्षक नरबहादुर कार्की र नायिका रेखा थापा यो अभियानका साथ सुर्खेतका विभिन्न क्षेत्रहरुमा जाने कार्यक्रम रहेको जनाइएको छ ।

 

स्वच्छ तथा समृद्ध समाज निर्माणका लागि बालविवाह अन्त्य हुनुपर्नेमा जोड दिँदै महाअभियान अन्तर्गत विभिन्न जिल्लाहरुमा कार्यक्रम भैरहेका छन् । सचेतनामूलक कार्यक्रममा बालबिवाह न्यूनिकरणसंगै अन्य सामाजिक कुरितीहरुका बिषयमा समेत प्रशिक्षण दिने गरिन्छ ।

 

पञ्चपुरी २ साल्कोटमा प्रशिक्षक नरबहादुर कार्की र नायिका रेखा थापाले प्रशिक्षण बालविवाह विरुद्ध प्रशिक्षण दिएका छन् ।

 

कार्यक्रममा चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही, पञ्चपुरी नगरपालीकाका प्रमुख उपेन्द्र बहादुर थापा लगायतको उपस्थिती रहेको थियो ।

२०७४ पुस १० मा प्रकाशित

प्रतिकृया दिनुहोस्