१० पुस । सहकारीमार्फत् विद्यालय सञ्चालनमा ल्याएको विद्याज्योति बहुमुखी सहकारी संस्थाको ११ औं साधारण सभा सम्पन्न भएको छ । सोमबार वीरेन्द्रनगरमा आयोजित सभाले टिकाराम शर्माको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा शारदा ढकाल, सचिवमा भीम बहादुर रोकाय, कोषाध्यक्षमा शोभा तिवारी रहेका छन् भने सदस्यहरुमा विष्णुकुमार खड्का, झरना देवकोटा, बलवीर बुढा, चन्द्र श्रेष्ठ, ओम गौतम, जय बहादुर बुढा र तेजबहादुर रोकाय चयन भएका छन् ।
सभाले डोरप्रसाद उपाध्यायको संयोजकत्वमा खड्ककुमारी उपाध्याय र लिला शाही सदस्य रहेको लेखा समिति चयन गरेको छ ।
उक्त सभाले गत आर्थिक बर्षको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गर्नुका साथै आगामि आर्थिक बर्षको प्रस्तावित कार्यक्रमसमेत स्वीकृत गरेको छ ।
नवनिर्वाचित अध्यक्ष शर्माले विद्याज्योति सहकारी विद्यालय नेपालकै नमूना विद्यालय रहेको बताए । 'सहकारीमार्फत् सञ्चालन भएका मुलुककै दुई विद्यालयमध्ये यो एक हो', उनले भने । बालबालिकालाई लक्षित गरी तत्काल बालसंसार निर्माण गरिने पनि उनले बताए । 'बालबालिकालाई उपयुक्त वातावरणमा अध्यापन गराउने हेतुुले बालमैत्री भवन तत्काल निर्माण गरिनेछ', शर्माले भने,- 'अभिभावकहरुबाट समेत माग भएकाले अबको कार्यसमितिको पहिलो प्राथमिकता यही हो ।'
साधारण सभामा जेष्ठ शेयर सदस्य लोकबहादुर खड्कालाई सम्मान गरिनुका साथै एसइई परीक्षामा जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरु रेखा रोकाय र नवीन रोकायलाई सम्मानपत्र सहित पुरस्कृत गरिएको थियो ।
सहकारीले समूदायको माग अनुरुप ज्ञानको क्षेत्रमा काम गर्नु प्रशंसनीय कार्य भएका वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष थम्म प्रसाद गौतमले बताए ।
कार्यक्रममा जिल्ला सहकारी संघकी सदस्य डिला गिरीले शिक्षा प्रदान गर्ने पवित्र उद्देश्य राखेर सहकारी सञ्चालन गर्नु सराहनीय कदम भएको बताइन् ।
टिकाराम शर्माको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन सचिव मदनराज जैशीले गरेका थिए ।
प्रतिकृया दिनुहोस्