Birendranagar Municipality

क्यान्सर पत्ता लगाउने ‘ब्रा’

क्यान्सर पत्ता लगाउने ‘ब्रा’

२२ बैशाख- मेक्सिकोका १८ वर्षीय किशोरले स्तन क्यान्सर पत्ता लगाउने ‘ब्रा’ डिजाइन गरेका छन् । आफ्नो आमाको स्तन क्यान्सरबाट पीडित भएपछि जुलियन रियोले यस्तो ब्रा पत्ता लगाएका हुन् । कलेजका साथीहरुको सहयोगमा डिजाइन गरिएको उक्त ब्राको नाम ‘इभा’ राखिएको छ ।


ब्राले सजिलैसँग ब्रेस्ट (स्तन) क्यान्सर पत्ता लगाउन सकिने बताइएको छ । उनले गरेको यस अनुसन्धानलाई ‘ग्लोबल स्टुडेन्ट अन्टरप्रेनर अवार्ड’ समेत प्रदान गरिएको छ ।


‘जसरी मेरी आमा स्तन क्यान्सरले दुवै स्तन गुमाउन पुगिन्, अरुको लागि यस्तो अभिसाप नहोस् । यही मेरो चाहना छ । अब ब्राको मद्दतले स्तन आफ्नो सही पोजिसनमा रहन्छन् ।’ किशोरले भनेका छन् ।


यो ’इभा’ नामक ब्रामा करिब २ सय ओटा बायो सेन्सर जोडिएका हुन्छन् । जसले स्तनको माथिल्लो सहत पत्ता लगाउनुका साथै स्तनको तापक्रम, आकार तथा तौलमा हुने परिवर्तनमाथि नियमित हेरचाह गर्दछ ।


विशेष किसिमको यो ब्राले स्तन क्यान्सर पत्ता लगाउन एक हप्तामा एक घण्टाभन्दा बढी समय प्रयोग गर्नु जरुरी नहुने बताएका छन् ।


(एजेन्सीको सहयोगमा)

२०७४ बैशाख २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्