Birendranagar Municipality

रोबोट पत्रकार

रोबोट पत्रकार

२० बैशाख- पत्रकारलाई चुनौति दिने एक रोबोट आएको छ । एक सेकेण्डमा ३ सय शव्द लेख्न सक्ने रोबोट पत्रकार फिल्डमा आएपछि अक्षरसंग जोडिएका धेरैको भविष्य जोखिममा हुने सम्भावना देखिएको छ ।

जिआओ नान नामक रोबोट चीनले हालै तयार गरेको हो । लेखनको अद्भुत क्षमता भएको रोबोट पत्रकारले लेखेको लेख चीनको सदर्न मेट्रोपोलिस डेलीमा छापिइसकेको छ । विश्वकै पहिलो रोबोट पत्रकारको आविष्कारलाई कतिपयले चमत्कारसंग तुलना गर्न थालेका छन् ।


कुनै गल्ती विना सजिलै एक सेकेण्डमा ३ सय शव्द लेख्न सक्ने यो रोबोटले आफ्नो पहिलो लेख भने वसन्त उत्सवका बेला यात्रीहरुको ठूलो भीडको बारेमा लेखेको छ ।


यो रोबोट हरेक प्रकारका समाचार लेख्न समेत माहिर रहेको जनाइएको छ । यसले केवल समाचार मात्र नभई, घटना तथा समाचारमाथि विश्लेषण पनि गर्न सक्छ ।


(एजेन्सीको सहयोगमा)

२०७४ बैशाख २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्