तपाइँले गर्ल्स पार्टी, गर्ल्स स्कुल, गर्ल्स होस्टेल, लेडिज नाइट आदिको बारेमा सुन्नु तथा जान्नु भएको होला । अब यी ठाउँहरुलाई माथ दिदैछ एउटा टापुले । जुन टापुमा केवल महिलाहरुलाई मात्र प्रवेश छ ।
फिनल्याण्डको बाल्टिक समुद्र नजिक सुपर सी नामको टापु छ । यहीँ वर्ष गर्मीयाममा यो टापु खुल्दैछ ।
यो टापुलाई महिलाको लागि मात्र खुल्ला गर्नुमा अमेरिकी व्यवसायी महिला क्रिस्टिना राथको देन छ ।
राथ लामो समयदेखि यस्तै ठाउँको खोजीमा थिइन् जहाँ महिलाहरुले स्वतन्त्रतापूर्वक पार्टी गर्न सकून् र मज्जाले इन्ज्वाय गर्न पाउन् । उनले यस टापुमा भव्य रिसोर्ट स्थापना गरिरहेकी छिन् ।
गत सेप्टेम्बरमा उनले ८.४ एक्कड क्षेत्रफलको यो टापु उनले खरीद गरेकी थिइन् । अहिले त्यहाँ सम्पूर्ण निर्माण कार्य चलिरहेको छ ।
रिसोर्टमा ४ क्याबिन हुनेछन् । जसमा स्पाना, साउनाबाथ लगायतका सबै सेवा सुविधा उपलब्ध हुनेछन् ।
एजेन्सी
प्रतिकृया दिनुहोस्