२९ बैशाख- युनेस्कोले विश्वसम्पदा सूचीमा राख्ने प्रस्ताव गरेको जापानको एउटा टापू छ जहाँ महिलालाई जान बन्देजछ । जापानको दक्षिण पश्चिममा अवस्थित ओकिनोशिमा टापूमा धार्मिक कारण पुरुषहरुले मात्र जाने अनुमति पाउँछन् ।
टापूमा पुगेका व्यक्तिहरुलाई त्यहाँबाट कुनै पनि सम्झनलायक चीज ल्याउने अनुमती छैन । उक्त टापूबाट घास ल्याउन समेत बन्देज लगाइएको छ । यस टापूको एक परामर्शदाता प्यानले विश्वको धरोहर स्थल बनाउने जनाएको छ । तर यसको अन्तिम फैसला भने यूनेस्कोको बैठकले गर्ने छ । उक्त बैठक जुलाईमा बस्ने जनाइएको छ ।
टापूमा मुनाकाटा ताइशा ओकित्सुमिया श्राइन छ जहाँ समुद्रकी देवीको पूजा गरिदै आइएको छ । ओकिनोशिमामा प्राचीन कालमा जहाजको सुरक्षाका लागि पूजा गरिने गरिएको थियो ।
प्राचिन समयबाट उक्त टापूमा महिला माथि धार्मिक प्रतिवन्ध लगाइएको थियो जुन अहिले पनि मान्दै आइएको छ । उक्त टापूमा पुग्ने पुरुषले सर्वप्रथम नग्न भएर शुद्धिकरणको नियम पालन गर्नुपर्ने छ । साथै टापूको यात्रा गरेको कुनै पनि व्यक्तिलाई भन्न नहुने विश्वास लिने गरिएको छ ।
(एजेन्सीको सहयोगमा)
प्रतिकृया दिनुहोस्