आफ्नो श्रीमान वा श्रीमतीले अरु नै व्यक्तिसंग यौन सम्बन्ध राखेको कसलाई मन पर्ला ? हालै एकजना महिलाले यस्तै रिसको झोंकमा आफ्नो लोग्नेको यौनांग छिनालेर ट्वाइलेटमा बगाइदिएकी छन् ।
भारतको जालन्धरस्थित जोगिन्दर सहरमा बस्ने आजाद सिंह नामक पुरुष यस्ता अभागी सावित भए, जसको लिंग उनकै पत्नीले छिनाइन् ।
ती व्यक्ति अहिले ठुटो यौनांग सहित गम्भीर अवस्थामा स्थानीय अस्पतालमा उपचाररत छन् । अत्यधिक रगत बगेका कारण उनको अवस्था निकै गम्भीर रहेको बताइएको छ ।
लोग्नेको लिंग छिनाल्ने उनकी पत्नीको नाम सुखवन्त कौर हो । पति आजाद सिंहले अरु नै महिलासँग यौन सम्बन्ध राखेको शंका उनलाई लागेपछि रिसले चूर भइन् र यस्तो हर्कत गरिन् ।
लोग्ने सुतेको बेला उनले फलामको रडले हिर्काएर बेहोस् बनाइन् अनि चक्कुले लिंग छिनालिदिइन् । छिनालेको लिंगको टुक्रा उनले ट्वाइलेटमा लगेर बगाइदिइन् ।
सिंहका पिताको उजुरीका आधारमा उनकी पत्नीमाथि मुद्दा दर्ता गरिएको छ ।
प्रतिकृया दिनुहोस्