१२ जेठ । आफूलाई बलत्कार गर्न खोज्ने एक साधुको लिंग च्वाट्टै काटिदिएकी भारतीय युवतीले सामाजिक सञ्जालमा खुबै चर्चा तथा प्रशंसा पाएकी छिन् ।
समाचार अनुसार केरला राज्यमा धर्मगुरु हरी स्वामीले २३ वर्षिया युवतीलाई पाँच वर्षदेखि यौन शोषण गर्दै आएका थिए । अति भएपछि युवतीले तकियामुनी राखेको चक्कु झिकेर बलात्कार गर्न खेजिरहेको समयमा स्वामीको लिंग काटिदिएकी हुन् ।
ती स्वामीले भने आफ्नो लिंग आफैंले काटेको दावी गरिरहेका छन्, जुन हाँस्यास्पद छ । केरला राज्यका मुख्यमन्त्री पीनारयी विजयनले युवतीले चालेको कदम साहसिक र प्रशंसनीय रहेको बताएका छन् ।
ति युवती कानूनकी विद्यार्थी हुन् । युवतीको परिवारले स्वामीलाई गुरु मान्दै आएको थियो । युवती केरलाको राजधानी थिरुभनाथपुरममा रहेको आफ्नो घरमा रहेका बेला ५४ वषिर्या स्वामी उनीमाथि जाइलागेका थिए । युवतीमाथि स्वामीले यस्तो हर्कत गरिरहँदा घरमै रहेको परिवार भने बेखबर रहेको प्रहरीले बताएको छ ।
लिंग काटिएपछि गम्भीर अवस्थाका हरी स्वामीलाई नजिकैको सरकारी अस्पतालमा पुर्याइएको थियो । उनको अवस्था स्थिर रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले स्वामीविरुद्ध बलत्कार तथा यौन शोषणको मुद्दा दायर गरेको छ ।
केही चरणको काउन्सिलिङपछि युवतीलाई प्रहरीको संरक्षणमा राखिएको छ ।
(एजेन्सी)
प्रतिकृया दिनुहोस्