Birendranagar Municipality

एक दिनमा ३६ वटा अण्डा पार्ने कुखुरा !

एक दिनमा ३६ वटा अण्डा पार्ने कुखुरा !

एउटा पोथी कुखुराले दिनमा कतिवटा अण्डा पार्न सक्ला ? भारतको जयपुरस्थित घाटगेटमा रइस खानले पालेको कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेको छ ।

 

दिनमै ३६ वटा अण्डा पार्ने उक्त कुखुरालाई हेर्नका लागि टाढा–टाढाबाट समेत मानिसहरु आउने गरेका छन् । कुखुरा मालिक रइस र कुखुरा हेर्न आउने मानिसहरुले उक्त कुखुरालाई रमजानको महिनामा ईश्वरको चमत्कार मानिरहेका छन् ।

 

रइसका अनुसार मासु खानका लागि उनले बजारबाट उक्त कुखुरा किनेका थिए । घरमा थुनेर कामका लागि बाहिर निस्किएका उनी बेलुका घर फकिँदा कुखुुराले सुरुको १२ घण्टामा १६ वटा अण्डा पारेको थियो । अर्को बिहानसम्म गरी कुखुराले जम्मा ३६ वटा अण्डा पारेको देखेपछि रइस र उनका परिवार चकित परे ।

 

एउटा कुखुराले दिनमा बढिमा दुइ वा तीनवटा सम्ममात्र अण्डा पार्नेमा यस कुखुराले ३६ वटा अण्डा पार्नु कुनै चमत्कार भन्दा कम होइन । कुखुरा मालिकको यस्तो दाबीको स्वतन्त्र पुष्टि चाहिँ अझै भएको छैन । एउटा कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पार्ने कुरा सम्भव हुन्छ कि हुँदैन भन्ने कुराको जवाफ विज्ञहरुले नै देलान् ।


(एजेन्सी)

२०७४ जेठ ३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्