२१ असार । चीनका एकजना मानिसले केवल १७ सेकेण्डको समयमा ५० वडा अण्डा खाएर दुनियाँलाई चकित पारेका छन् ।
३४ सेकेण्डको उक्त भिडियोमा एक पुरुष ५ वटा मग लिएर बसिरहेका छन् । ती मगमा अण्डा फुटाएर भित्रको भाग राखिएको हुन्छ । ५ वटा मगमा १० वटाको दरले ५० वटा अण्डा राखिएको छ । ती पाँच वटा मगमा भरिएका अण्डालाई ती व्यक्तिले केवल १७ सेकेण्डमा सिनित्तै पिइदिन्छन् ।
उनले पहिलो मगबाट अण्डा पिइरहेको बेलामा दोश्रो मग उठाइसकेका हुन्छन् । पहिलो भुइँमा राख्ने बित्तिकै दोश्रो मुखमा लगाइहाल्छन् र तेश्रोमा हात पुराइसक्छन् । एवम् प्रकारले उनले १७ सेकेण्ड भित्र पाँच मग अण्डा पिइसक्छन् ।
ग्ल्क्ष्ीब्म् नामको फेसबुक पेजमा समेत अपलोड गरिएको उक्त भिडियो फेसबुकमा समेत भाइरल बनेको छ । भिडियोमा लाखौँ मानिसहरुले प्रतिक्रिया जनाएका छन् र प्रतिक्रियाहरु समेत रोचक देखिन्छन् ।
यतिधेरै अण्डा रित्याउने ती पुरुषको कार्यप्रति चिन्ता व्यक्त गर्दै मानिसहरु त्यसले उनलाई फूड प्वाइजनिङ हुनसक्ने चिन्ता व्यक्त गरेका छन् । कतिपयले चाहीँ यतिधेरै अण्डा खाएपछि अब क्यालोरी बर्न गर्नका लागि हजारौँ किलोमिटर दौडनुपर्ने सुझाव दिएका छन् ।
(एजेन्सी)
प्रतिकृया दिनुहोस्