इरानका अमोउ हाजीले ननुहाएको ६३ वर्ष भयो । ८३ वर्षीय उनको शरीरमा मैलोको मोटो पत्र जमेको छ । तर, अमोउ भन्छन ‘यही फोहोरका कारण ८३ वर्षदेखि म स्वस्थ छु ।’ फोहोरकै कारण लामो जीवन जिउन सकेको उनको तर्क छ ।

गाउँलेहरूले उनलाई सानो झुपडी नै बनाइदिएका छन् । ननुहाएकै कारण उनी आफ्नो गाउँबाट केही टाढा बस्छन् । केही गाउँले वेलावेलामा उनलाई भेट्न चाँहि पुग्छन् ।
अमोउको प्राकृतिक तरिकाबाट मारिएका या कार दुर्घटनामा परेर मरेका जनावरको सडेको मासु मन पराउँछन् । बाहिरी सुख–सुविधा त्यागेर पनि आफू खुसी रहेको उनको भनाइृ छ ।

ननुहाए पनि दैनिक दुई ग्यालेन पानी भने पिउँछन् उनी । धेरै पानी पिउँदा शरीर स्वस्थ हुने उनी बताउँछन् । कतिपयले उनलाई नुहाउने सल्लाह पनि दिए । उनलाई त्यो सुझाब चित्त बुझेन । उनी भन्छन् ‘सरसफाइका कारण म बिरामी पर्छु ।’
(एजेन्सी)
प्रतिकृया दिनुहोस्