२९ भदौ । पश्चिम अफ्रीकामा एउटा सानो देश छ बेनिन । अफ्रीकी कालो जादु बुडुको शुरुवात यहिबाट भएको थियो । बेनिनमा एउटा रहस्यमय समुदाय छ । यो समुदायका मानिसलाई जिउँदो भुत भनिन्छ ।
यस समुदायलाई इगुनगुन भनेर चिनिन्छ । इगुनगुनले अरुलाई छोयो भने त्यो ब्यक्ति र इगुनगुन तुरुन्तै मर्छन् भन्ने बिश्वास चलि आएको छ । इगुनगुनहरु आफ्नो पहिचान लुकाउन शरीर भरी रंगिबिरंगी कपडा बेरेर बाहिर निस्कन्छन् ।

इगुनगुनको मुख्यकाम गाउँका झै–झगडा मिलाउनु हो । इगुनगुनको फैसलालाई ईश्वरको सन्देस मानेर पुर्ण रुपमा लागु गर्ने गरिन्छ । इगुनगुनहरु चर्को स्वरमा अस्पष्ट भाषा बोल्छन् ।
(एजेन्सी)
प्रतिकृया दिनुहोस्