सुनबाट बनेका के के गहना देख्नु भएको छ ? लगाउनु पनि भएको होला । तर तपाईले सुनको चप्पल देख्नुभएको छ ? सुनको चप्पल सामान्यतया हाम्रो कल्पना भन्दा बाहिरको कुरा हो । तर व्रिटेनका एक डिजाइनरले विश्वको सबैभन्दा महंगो चप्पल बनाएर हामीलाई चकित बनाएका छन् ।
व्रिटेनका डिजाइनर डेबी बिन्घमले बनाएको उक्त चप्पलको चर्चा पुरै विश्वभरि भइरहेको छ । हील भएको उक्त चप्पलमा रेयर पिंक र विश्वमै दुर्लभ मानिएको ब्लू डाइमण्ड लगाइएको छ । यस चप्पलमा लगाइएको एउटा मात्र हीराको मूल्य १५ लाख बराबर रहेको छ ।
बिन्घमले यस अघि विश्वको सबैभन्दा महंगो ड्रेस बनाएका थिए । हालै उनले बनाएको सुनको चप्पलको मूल्य डेढ अर्ब रुपैँया बराबर रहेको छ ।
यसमा ३ क्यारेटको सेतो हीरा लगाइएको छ । चप्पलको चेन सुनबाट बनेको छ र पुरै चप्पललाई सुनकै धागोले बेरिएको छ । यहाँसम्म कि यसको लेदरवाला भाग पनि २४ क्यारेटको सुनले नै पोतिएको छ ।
यसलाई सजाउनका लागि अरेबियन जस्मिन फ्लावर प्रयोग गरिएको छ । डेबी बिन्घमले यो चप्पल कसैको जन्मदिनको उपहारका लागि भनेर दिइएको अर्डर स्वरुप बनाएका हुन् । यो चप्पल हाल विश्वभर चर्चामा रहेको छ । तर को हुन ति अर्डरवाला ?
(एजेन्सी)
प्रतिकृया दिनुहोस्