Birendranagar Municipality

भीम र हनुमान दाजुभाई !

रामायण र महाभारत दुबै ठूला युद्ध हुन । यी फरक स्थान र फरक परिबेशमा लडिएका थिए । तर रामायण र महाभारत युद्धमा केही पात्रहरु दोहरिएका छन् ।

हनुमान

हिन्दु धर्ममा आस्था राख्ने जोकोहीले हनुमानलाई राम्रोसँग चिनेका छन् । रामायणमा प्रमुख पात्रको रुपमा देखिएका हनुमान महाभारतमा पनि देखिएका थिए । पाण्डबहरुको बनवासको समयमा भीमसँग उनको भेट भएको थियो । धेरैले भीम र हनुमानलाई दाजुभाई मान्दछन् ।

परशुराम

रामायणमा परशुरामको चर्चा सीता स्वयंवरको समयमा हुन्छ । जब रामले धनुष भाँच्छन् तब परशुरामको प्रवेश हुन्छ । महाभारतमा भीष्मका गुरुको रुपमा परशुराम देखिन्छन् ।

जामवन्त

जामवन्तले रामयणमा रामसेतु निर्माणको क्रममा सहयोगी भुमिका निभाउँछन् भने महाभारतमा कृष्णसँग युद्ध लड्छन् ।

मयासुर

रामायणमा रावणका ससुरा एक ज्योतिष र वास्तुशास्त्रका ज्ञाता थिए । मयासुरले नै महाभारतकालमा युधिष्ठिरको लागि सभा भवनको निर्माण गरेका थिए । जसलाई मयसभाका नामले चिनिन्थ्यो ।

महर्षि दुर्वासा

महर्षि दुर्वासा भविष्यवक्ता थिए । यिनले रघुवंशको भविष्य बारे राजा दशरथलाई बताएका थिए । महाभारतकालमा पाण्डवहरु वनबासको समयमा द्रोपदीको परीक्षा लिनका लागि गएका थिए ।

(एजेन्सीको सहयोगमा)

२०७४ बैशाख १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्