११ पुस। भारतीय सिने उद्योग (बलिउड) का चर्चित नायक सलमान खान अर्को साता नेपाल आउने भएका छन् ।
‘दबंग द टुर’ नाम दिइएको यो सांगीतिक भ्रमणको क्रममा तीन दिनका लागि नेपाल आउने आयोजक ओडिसी इन्टरटेनमेन्टका निर्देशक सीमान्त गुरुङले जानकारी दिए । सलमान ९ मार्चको बिहान काठमाडौं त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा उत्रिनेछन् । सलमान सन् १९९४ पछि दोस्रोपल्ट नेपाल आउन लागेका हुन् । उनीसँगै कार्यक्रममा बलिउड नायिका सोनाक्षी सिन्हा, डान्स मास्टर प्रभु देवा, डेजी शाह, कृटी सेनोन र पञ्जाबी भांगडा डान्सर ‘मिड बोस’ पनि सहभागी हुनेछन् ।
कार्यक्रमको सञ्चालन चर्चित टेलिभिजन प्रस्तोता मनिष बहलले गर्दैछन् । मुख्य शो भने मार्च १० (फागुन २६) मा टुँडिखेलमा हुनेछ । यसपालि ५० हजारको हाराहारीमा सलमानका समर्थक टुँडिखेलमा ओइरिने आयोजक ओडिसीको अपेक्षा छ ।
कार्यक्रमलाई फेस्टिभलको रुपमा मनाउन १२ बजेदेखि नै गेट खुला गरिनेछ, सलमान भने साढे ६ बजे स्टेजमा देखा पर्नेछन् ।
प्रतिकृया दिनुहोस्