Birendranagar Municipality

गजल

शारदा चौलागाई (चन्द्रा), काठमाडौं
गजल

झुप्रोबाट अचानक महल बनायो कमिसन खायो उसैले

देश सपार्न होइन अब देश खोक्रो बनाउन लायो उसैले ।

 

जताततै यिनै भ्रष्टहरुको जगजगि छ आजभोली हेर्नुस्
अछुतो रहेन अस्पताल डा. के.सि को सपना तुहायो उसैले ।

 

न क्रान्तिको मर्म र भावना बुझ्यो न सिउँदोको चाहना पूरा भो
भेडा बनायो जनतालाई र सिंहासनको लागि धायो उसैले ।

 

बिचरा! आखिरी साससम्म जनताको लागि डा. के.सी लडिरहे
न्याय यहाँ साँच्चै अन्धो हो कि अथवा निदाउन लगायो उसैले ।

 

गरिब, मजदुर र किसानका छोराछोरीले सुलभ रूपमा
डाक्टर बन्ने बाटो सधैको लागि बन्द गरि खै के पायो उसैले ।

२०७७ असोज २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्