३ कार्तिक । कारुणिक कथाले भरिएको म्युजिक भिडियो बहिनी सार्वजनिक भएको छ । पछिल्लो समयमा चर्चित कलाकार जिबी चिरनको मुख्य अभिनय रहेको उक्त भिडियो नवदुर्गाको अवसरमा सार्वजनिक गरिएको हो ।
आइतबार रिलिज भएको उक्त गीतमा लोकप्रिय गायक हेमन्त कान्छा रसाइलीको स्वर अनि संगीत रहेको छ। भने यसमा सर्जक सतिश अधिकारीको शब्द रहेको छ।
भिडियोमा पछिल्लो समयका लोकप्रिय कलाकार चिरञ्जीवी सापकोटा (जीवी चिरन), समीक्षा पोखरेल, सुजन बम, अर्जुन बिक, निना बुढाथोकी लगायतका कलाकारहरुको उत्कृष्ट अभिनय रहेको छ ।
गीतकार अधिकारीकै परिकल्पनामा बनेको म्युजिक भिडियोको बिक्रम चौहानले निर्देशन गरेका छन् भने प्रकाश खड्काले छायांकन गरेका छन्। त्यस्तै दिन्सन शाहले मिडियोको सम्पादन गरेका छन्।
यस गितले अन्य गितझै श्रोता र दर्शको माया पाउने कलाकार चिरञ्जीवी सापकोटाको विश्वास छ । भिडियो एसथ्रीके इन्टरटेन्मेन्टको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो।
भिडियो हेर्नुहोस् :
प्रतिकृया दिनुहोस्