Birendranagar Municipality

६ प्रदेश आईडलको अडिसन शुरु

सेरोफेरो/सुर्खेत
६ प्रदेश आईडलको अडिसन शुरु

२ फागुन । ६ नं. प्रदेशको कला र संस्कृतिको जगेर्नाका लागि हुनलागेको ६ प्रदेश आईडलको पहिलो अडिसन बुधबार वीरेन्द्रनगरमा उद्घाटन भएको छ । अडिसनमा सुर्खेतका ७० जना नव कलाकारहरुले भाग लिएका छन् ।

 

यस प्रदेशका १० जिल्लाबाट ६ प्रदेश आईडल छान्ने तयारीमा रहेको सिङ्गारो म्युजिक प्रालिले यहि फागुन ५ देखी ९ गतेसम्म सबै जिल्लाबाट अडिसन लिईसक्ने जानकारी दिएको छ । कार्यक्रममा प्रदेश ६ का जेष्ठ सांसद हिमबहादुर शाहीले कला र संस्कृति नेपालीको शान भएकोले यसलाई जोगाउन सबैले प्रयास गर्नुपर्ने बताएका छन् ।

 

सभामुख राजबहादुर शाहिले कला राष्ट्रको जग हो भएकोले यसको संरक्षणको लागि सबैले प्रयास गनुर््पर्ने बताएका छन् । उनले भने, ‘कला राष्ट्रको जग हो । यसलाई जोगाएर राख्न सकिएन भने राष्ट्र बलीयो हुँदैन ।’ प्रदेश सांसद सुशील थापाले संगीत क्षेत्रलाई अगाडि बढाउनको लागि आफ्नो ठाउँबाट सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रम सिङ्गारो म्युजिक प्रालिका अध्यक्ष रमेश सापकोटाको अध्यक्षता तथा प्रदेश ६ का सभामुख राजबहादुर शाहिको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।

 

कार्यक्रममा पुरस्कार तथा अडिसनका लागी करिब २० लाख बराबरको रकम खर्च हुने फिल्ड संयोजक खगेन्द्र सुनारले जानकारी दिएका छन् । ६ प्रदेश आईडलमा प्रथम हुनेलाई पुरस्कार राशि रु ३ लाख, द्धितिय हुनेलाई रु २ लाख र तृतिय हुनेलाई रु १ लाख ५० हजार दिईने आयोजक संस्थाले जानकारी दिएको छ ।

२०७४ फागुन २ मा प्रकाशित

प्रतिकृया दिनुहोस्