२५ फागुन । सिङ्गारो म्यूजिक प्रा.लि. ले आयोजना गरेको ६ प्रदेश आईडलको ट्रयाक राउण्ड फाल्गुन २६ गते सुर्खेतमा हुन लागेको छ ।
६ नं. प्रदेशको कला र संस्कृतिको जगेर्नाका लागि हुनलागेको ६ प्रदेश आईडलको पहिलो अडिसनको फागुन २ गते सभामुख राजबहादुर शाहिले उद्घाटन गरेका थिए ।
कार्यक्रममा पुरस्कार तथा अडिसनका लागी करिब २० लाख बराबरको रकम खर्च हुने बताइएको छ । ६ प्रदेश आईडलमा प्रथम हुनेलाई पुरस्कार राशि रु ३ लाख, द्धितिय हुनेलाई रु २ लाख र तृतिय हुनेलाई रु १ लाख ५० हजार दिईने आयोजक संस्थाले जानकारी दिएको छ ।
वीरेन्द्रनगरस्थित घण्टाघर नजिक भ्याली भ्यू कटेजमा ट्रयाक राउण्ड हुन गइरहेको छ।
प्रतिकृया दिनुहोस्