Birendranagar Municipality

गजल

वासुदेव पाण्डेय 

 Basudev Pandey

चमेली  र  जाई जुही  खेर जान्छ
फुली फूल झर्दा कुही खेर जान्छ

 

यहाँ  योग्यतामा सधैॅ  प्रश्न उठ्छ
छ जो योग्य मान्छे उही खेर जान्छ

 

भरी राख गाग्री भए प्वाल सानो
सयौॅ बूँद पानी चुही खेर जान्छ

 

यहाँ गर्छ आदर्शले आत्महत्या
भए सोच राम्रो तुही खेर जान्छ

 

बहर : मुतकारिब मुसम्मन सालिम

रूक्न : फऊलुन् × चार

छन्द : भुजङ्गप्रयात

गण : यमाता × चार

२०७४ बैशाख ३० मा प्रकाशित

प्रतिकृया दिनुहोस्