२८ मंसिर । एका विहानै
कुचो लगाउंदै गरेका बुबालाई
४ बर्षे छोराले भन्यो,
बाबा !
छोरा मान्छेले कुचो लाउनु हुदैन्
छोरी मान्छेले लाउँछन भन्या हैन र ?
उहि समयमा
बिछ्यौनामा निदाएकी छोरीलाई
आमाले भनिन्
छोरी भएर बिहानै उठ्नु पर्दैन !
छिटो उठेर घर सफा गर्
चिया बनाउ !!
त्यही समय छोरोलाई भनिन
बाबु किन बिहानै उठेको !!
चिसो छ ओड्नेमा बस्,
रूघा लाग्छ !!
दाईलाई
चिया र खाजा ओछ्यान मैं लगिदे नानी !!
सुनिस ?
बिहानै समाचार आयो,
१६ दिने अभियानकै बीचमा
छाउपडी गोठमा ३ महिने नावालकको मृत्यु, आमा अस्पताल भर्ना !!
लाग्छ अभियानको समय हिंसा हुनै हुंदैन् ,
आरूबेला भाड्मा जाउन महिला !!
व्यवस्थापकलाई
अभियानकी नायक खुसुक्क भन्छिन्
बुहारी महिनावारी भएकीछे !
बुहारीले हुंदैन,
बिहान पुजा गर्दा र
खाना पकाएर आउन ढिला हुन्छ !!
फरासिली किशोरी,
मन्चमा उक्लदै गुलावी ओठ्मा मन्द मुस्कानमा
स्वभाविक अभिन्दन गर्छिन !!
मन्चमै अधवैसे अभियान्ता पनि छ
एकोहोरिन्छ,
उनीले आफुलाई ईसारा गरिरहेकी छे !!
कार्यक्रम स्थलमै अस्वभाविक छुवाई
भलगर शव्दबाण हिंसा अभियान्ता बाटै !!
मर्माहत हुन्छे उ
सामाजिक सुधारकर्ताको नेतृत्वमा
बोक्सीको विश्वासमा
मान्छेलाई नै मानवमल खुवाउछन्
निरिह छन्, संरक्षण बिहिन महिलाहरू
घरमा छाउको संरक्षण, लैंगिक विभेद,
समाजमा गलत परम्पराको रखवारी !!
मन्चमा धुवाधार बिरोध !!
यथार्थता र विकासे अभियानका बीचको
सन्तुलनमा !!
हजुरबा र हजुरआमाको भन्दा पनि
पुरूषवादी संरचनाको सिकार छ मस्तिक्स
सोच पुरानै छ
तैपनि समाज सुधारकको अभिनय
मन्चनमा देखाउनकै लागी सरिक छन् अभियन्ताहरू
यसअर्थमा
सोचाई परिवर्तनकलागि हरेकले काम गरौं
परियोजनाको अभियानका लागी हैन्
म भन्छु
पहिला परिवर्तन शुरूगरौ आफूबाट,
आफ्नो घर अनी समाजबाट
सधैभरिका लागी परिवर्तन
म, परिवार र हामी अनी मात्र अरू !!!
प्रतिकृया दिनुहोस्