सेरोफेरो
३० जेठ, रुकुम । रुकुमका सक्रिय पत्रकार धनवीर दाहाल गीत लेखनमा पनि सक्रिय छन् । हालै मात्र उनले नयाँ नेपाल नामक देशभक्ति गित बजारमा बजारमा ल्याएका छन् ।
‘नयाँ नेपाल बनाउनलाई हामी सबै लागी पर्यौं, कसले गर्छ हामीले नगरे देश निमार्ण आफै गरौं । अव उठौं नेपाली, देश विकासमा जुटौं नेपाली’ जस्ता देशप्रेमी शब्दहरु गीतमा समावेश गरिएका छन् ।
द्याहालको पहिलो गीत हामी सबै नेपालीले चर्चा कमाइरहेको बेला फेरी अर्काे राष्ट्रभक्ति गीत बजारमा ल्याएका हुन् । दाहालको शब्द संयोजन तथा सौभाग्य डिजिटलको प्रस्तुती रहेको उक्त गीतमा चर्चित गायक किरणबावु पुनले स्वर दिएका छन् ।
पत्रकार तथा सर्जक दाहालले हामी नेपाली जस्तै नयाँ नेपालले पनि श्रोताको मन जित्ने दावि गरे । गायक किरणबावु पुनले हाल सम्म आफुले स्वर दिएको गितहरु मध्ये यो गीत निकै राष्ट्रभक्ति पुर्ण भएको र गाँउदा पनि निकै उर्जा आएको भन्दै सफल हुनेमा विश्वास व्यक्त गरे ।
यो गीत सुन्नको लागि तलको लिंक क्लिक गर्नुहोला
प्रतिकृया दिनुहोस्