Birendranagar Municipality

‘प्रेम गीत २’ को ट्रेलर नै सातो उडाउने !

‘प्रेम गीत २’ को ट्रेलर नै सातो उडाउने !

सेरोफेरो
८ असार, काठमाडौं । ‘प्रेम गीत २’ ले फिल्मको ट्रेलर सार्वजनिक गरेसंगै ट्रेलरमा हिंसालाई धेरै देखाइएको भन्दै विवाद भएको छ ।

 

फिल्मको ट्रेलरमा राखिएका हिंसाका दृष्यको सामाजिक सञ्जालहरूमा विरोध समेत हुन थालेको छ । यससंगै ‘प्रेम गीत’ जति राम्रो थियो ‘प्रेम गीत २’ खासै राम्रो छैन कि भनेर टिकाटिप्पणी पनि भएको छ । यद्यपि निर्माण पक्षको भने ‘प्रेम गीत २’ राम्रो बनेको दाबी छ ।

Preem-Geet-2 2

‘प्रेम गीत २’ प्रेम कथामा आधारित फिल्म हो । यो फिल्ममा अश्लेशा ठकुरीले डेब्यु गरेकी छिन् । ट्रेलरमा देखाइए अनुसार ठकुरीको अभिनय राम्रो हुन सक्ने अनुमान गरिएको छ । फिल्ममा प्रदीप खड्का, श्रद्धा प्रसाइँले पनि अभिनय गरेका छन् ।


सन्तोष सेनले अन्य साथीहरूसँग मिलेर २ वर्षअघि ‘प्रेम गीत’ फिल्म बनाइ सकेकाथिए । सोही फिल्मको सिक्वेलका रुपमा सेनले ‘प्रेम गीत २’ बनाएका हुन् । ‘प्रेम गीत २’ कपीराइटलाई लिएर सेन र अघिल्लो फिल्मका निर्माताबीच ठूलो द्वन्द्व थियो । 

 

‘प्रेम गीत २’ लाई रामशरण पाठकले निर्देशन गरेका हुन् । यो फिल्म मध्य साउन रिलिज हुँदै छ ।

२०७४ असार ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्