Birendranagar Municipality

फिल्म ‘रुदाने’ को फर्स्ट लूक सार्वजनिक

फिल्म ‘रुदाने’ को फर्स्ट लूक सार्वजनिक

सेरोफेरो

 असार, सुर्खेत । दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको १८ औ स्मृति दिवसको अवसरमा बुधवार रुपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्र 'रुदाने : विद्रोहको नेपाली नाम'को फष्ट लुक सार्वजनिक गरिएको छ । चलचित्रमा रुपचन्द्र विष्टको सिङगो जीवन र थाहा दर्शनका विविध पाटाहरु समेटिएको निर्माण पक्षले बताएको छ ।

 

चलचित्रमा मूख्य चरित्र रुपचन्द्र विष्टको भूमिकामा दिब्यदेबले अभिनय गरेका छन् । यसैगरी चलचित्रमा नम्रता श्रेष्ठ, रवि गिरी, सुभाष गजुरेल, अमर सुवेदि लगायतका सय भन्दा बढी कलाकारहरुको अभिनय रहेको छ ।


अमितकिसोर सुवेदी र विकास ढकालले संयुक्त रुपमा रुदानेको लेखन र निर्देशन गरेका हुन् । निर्देशकद्वयले चार वर्षसम्म रुचपन्द्र विष्ट माथि गहिरो अध्ययन र अनुसन्धान गरेर चलचित्र निर्माण गरेको बताएका छन् । आफू रुपचन्द्रको थाहा दर्शनको अनुयायी भएको र उनको जीवनसँग पनि जोडिएकाले चलचित्र निर्माणमा लागेको निमार्ता रायमाझीले बताए ।

 

फिल्ममार्फत पुरानो पुस्ताले बिर्सिसकेको र नयाँ पुस्तामाझ किंबदन्ती बनेको रुपचन्द्र विष्टको जीवन र थाहा दर्शनसँग सम्बन्धित अनेकौं पाटाहरु उजागर गर्ने प्रयास गरिएको निर्देशकहरुले बताए । रुदाने यसै वर्षभित्र प्रर्दशनमा ल्याउने गरी अन्तिम चरणको सुटिङ भइरहेको पनि निमार्ण पक्षले जनाएको छ ।


दावनल क्रियसनले थाहा यात्रा सँगको सहकार्यमा निर्माण गरेको चलचित्रका निमार्ता जागृत रायमाझी रहेका छन् । चलचित्रमा बलिउडका सान्ता राओको छायाङकन, निमेष श्रेष्ठको सम्पादन र जेशन कुँवरको संगित रहेको छ । 

२०७४ असार ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्