सेरोफेरो
८ असार, सुर्खेत । लेखक गुरु भट्टराईको गायकीमा सजिएको आधुनिक गीत को एल्बम ‘नमेटिएका रहरहरु’ बजारमा आएको छ ।
यही हप्ता रिलिज भएको सो एल्बममा, ‘छन् छन् गर्छ उनको चुरा म सोच्छु मनको कुरा’ ‘किन गर्छौ शंका मलाई भए जस्तो गरी टाढा’, ‘तिमी बिना यो शहरमा साह्रै शून्य लाग्छ मलाई’ र ‘बर्षौ देखि सजाएका’ गरी चार वटा आधुनिक गीत छन् । छन् गोडमेल बाँकी छन् बोलको स्वदेश गान पनि एल्बममा समावेश गरीएको छ ।
एल्बममा समावेश गीतको रचना भने जिएस पौडेल, सुनील गिरी, र उद्दिम राईको रहेको छ । छन् छन् गर्छ उनको चुरा, बर्षौ देखि सजाएका बोलको आधुनिक गित र स्वदेश गान, छन् गोडमेल बाँकी छन बोलको स्वदेश गान जिएस पौडेलको रचना हो । किन गर्छौ शंका मलाई बोलको गीतमा सुनिल गिरीको रचना रहेको छ भने तिमी बिना यो शहरमा सार्है शून्य लाग्छ मलाई बोलको गीत संगीतकार उद्दिम राईकै रचनामा रहेको छ ।
एल्बमका संगितकार एवम् युवा संगितकार उदिम राई भन्छन् – ‘गीत उत्कृष्ट बनेका छन् । भर्खर बजारमा गएको भएपनि धेरै राम्रो रेसपोन्स आइरहेको छ । त्यही गीतको लागी आज पनि म एउटा अन्तवार्तामा जाँदैछु ।’ भट्टराइको यो पहिलो गीत भएपनि उत्कृष्ट बनेको छ । कामको सिलसिलामा विदेशमा रहेका भट्टराई पेसाले इन्जिनियर हुन् ।
प्रतिकृया दिनुहोस्