सेरोफेरो
२० असार, काठमाडौं । चलचित्र ‘बाबु कान्छा’ को पोस्टर सार्वजनिक गरिएको छ ।
चलचित्रमा शोभित बस्नेतको लेखन, निर्देशन र निर्माण छ । लगभग सत्तरी प्रतिशत चलचित्रको छायांकन सकिएको चलचित्रमा शोभितका छोरा सलोन बस्नेत, नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संग्रौला लगायतका कलाकारको अभिनय रहेको छ ।
सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माताको रुपमा देखिएका छन् . चलचित्रलाई बाबु श्रेष्ठले छायांकन गर्दैछन् । फिल्मको रिलिज मसिंर १५ का लागि तय गरिएको छ ।
प्रतिकृया दिनुहोस्