२२ असार । तिज आउन अझै डेढ महिना बाँकि छ । २०७४ साल तिजका लागि निर्माण गरिएका नयाँ गीत तथा भिडियोहरु भने बैशाख देखि नै नेपाली बजारमा ल्याइन थाले । लोकभाकामा गाइएका गीतहरुले खासगरी युटुव लगाएतका सामाजिक सञ्जालहरुमा लोकप्रियता कमाइरहेका छन् ।
तिर्सना म्युजिक प्रालिले बजारमा ल्याएको तिजको गीत ‘छड्के तिलहरी’ पनि लोकप्रिय भइरहेको छ । गायिका कला लम्साल, प्रिती आले र शिव हमालको स्वरमा रहेको उक्त गीतमा युवती र छुट्टीमा आएको लाहुरेसंगको प्रेम सम्बन्धलाई स्थान दिइएको छ ।
शिव हमालकै शब्द तथा लय रहेको गीतमा कला लम्साल, प्रिती आले र निक शर्माले अभिनय गरेका छन् ।
प्रतिकृया दिनुहोस्