२० भदौ । नेपाली चलचित्रकी अहिलेकी व्यस्त नायिका प्रियंका कार्की चलचित्र क्षेत्रमा प्रवेश गर्दादेखी नै कुनै न कुनै रुपमा चर्चामा रहिन । एक्टिंङ, नृत्य, गायन सबैमा पोख्त कार्कीको आकर्षक शारीरिक बनावट र सुन्दर अनुहारले पनि उनलाई चर्चाको शिखरमा पुर्याइरहन्छ ।
तर पछिल्लो समय भने उनी कलाकारिता भन्दा बढि प्रेम सम्बन्धको कारण चर्चामा छिन् । चपली हाईट दुईबाट चलचित्रमा प्रवेश गरेका नायक आयुष्मान देसराजसँगको प्रेम अफेयर्सका कारण पछिल्लो समय चर्चामा रहेको यो जोडीको चर्चा अहिले झनै बढदै गएको छ । आफुहरुले एक अर्कालाई माया गर्ने गरेको स्वीकार गरेको यो जोडीले यतिखेर कही छुट्टी मनाउँदै गरेको फोटो सार्वजनिक गरेको छ । जुन भाइरल भइरहेको छ ।
प्रियंका कार्कीले हुनेवाला सासु रविना देसराज जोशीसँग रमाइलो गरेको फोटो सामाजिक सञ्जाल इन्टाग्राममा सार्वजनिक गरेकी छन । उक्त फोटो आफ्नो इन्ट्रग्राममा पोष्ट गरेपछि यतिखेर प्रियंका कार्की र बैंकर रबिना देसराजको चर्चा झन् बढ्दै गएको छ । रविनाले प्रियंका र आयुष्मानको प्रेम सम्बन्धलाई सार्वजनिक रुपमा स्वीकार गर्नुका साथै प्रशंसा गरेपछि प्रियंकालाई झन सजिलो भएको छ ।

प्रतिकृया दिनुहोस्