Birendranagar Municipality

एकदिन मर्नुपर्छ

एकदिन मर्नुपर्छ

जीवनकुमार शाक्य

 
हरेक प्राणी एक दिन मर्नै पर्छ ।

तैपनि अनावश्यक घमण्ड किन गर्छ ।

चाहे धनले सम्पन्न होउ या बलले ।

बाँधेर लैजान्छ एकदिन कालले ।

 

हरेक प्राणी एक दिन मर्नै पर्छ ।

जगत जित्ने नेता किन नहुन एक दिन त मर्छ मर्छ ।

 संगालेर राखेको सबै अभिमान त सबै झर्छ झर्छ ।

चाहे रुपवान होस वा रुपवती शरीर त छोड्नै पर्छ ।

 

ब्राम्हण होस वा क्षेत्री वैश्य होस वा दलित ।

हरेक प्राणी एक दिन मर्नै पर्छ ।

चाहे धनले सम्पन्न होउ या बलले ।

बाँधेर लैजान्छ एकदिन कालले ।

 

सन्तानले भरी भराउ होस वा निसन्तान ।

जोगी होस या भिक्षु ज्ञानी होस या मूर्ख किन गर्छौ अभिमान ।

साङ्ग होस या अपाङ्ग देख्ने होस या नदेख्ने ।

 हरेक प्राणी एक दिन मर्नै पर्छ ।

 

चाहे धनले सम्पन्न होउ या बलले ।

बाँधेर लैजान्छ एकदिन कालले ।

कुनै जिव जन्तु होस या बोट बिरुवा एक दिन त मर्छ ।

कुनै वस्तु होस वा निर्जिव आगो होस या पानी ।

केवल केहि दिनको हो यो नाटकीय जिन्दगानी ।

 

हरेक प्राणी एक दिन मर्नै पर्छ ।

चाहे धनले सम्पन्न होउ या बलले ।

बाँधेर लैजान्छ एकदिन कालले ।

                                            

 

२०७४ भदौ २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्