सेरोफेरो
२२ भदौ । शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘२ रुपैयाँ’ले काठमाण्डौका मल्टिप्लेक्समा बर्षकै उच्च शो पाएको छ । शो पाए अनुसार ओपनिङ गरेमा आक्रामक व्यापार हुनेछ ।
‘कुटुमा कुटु’ बोलको गीतका कारण चर्चामा आएको यो चलचित्रमा निश्चल बस्नेत, आशिफ शाह, मेनुका प्रधान लगायतका कलाकारको मुख्य भुमिका छ । चलचित्रको निर्देशन असिम शाहले गरेका हुन् ।
चलचित्रलाइ काठमाण्डौ र ललितपुरमा रहेको क्यूएफक्सका ४ हलमा २४ शो दिइएको छ । काठमाण्डौको एफक्यूब, वीएसआर, वीग मुभिज, क्यूजमा पनि चलचित्रले उच्च शो पाएको छ । चलचित्रको बुकिङ मंगलबारदेखि नै खुल्ला गरिएको छ ।
चलचित्रका कलाकार, गीतसंगीतको प्रभावका कारण मल्टिप्लेक्समा यसलाइ उच्च शो मिलेको हो । व्यापार कत्तिको गर्छ त्यो भने हेर्न बाँकि छ ।
प्रतिकृया दिनुहोस्