Birendranagar Municipality

‘छक्कापञ्जा २’ को ट्रेलर सार्वजनिक (भिडियो)

‘छक्कापञ्जा २’ को ट्रेलर सार्वजनिक (भिडियो)

सेरोफेरो
२२ भदौ । असोज ११ गते प्रदर्शनमा आउने घोषणा गरिएको नेपाली चलचित्र छक्कापञ्जा २ को ट्रेलर सार्वजनिक गरिएको छ ।


वैदेशिक रोजगारी र यसका सामाजिक असरहरुमा आधारित कथा ट्रेलरबाट अनुमान गर्न सकिन्छ । ट्रेलरमा कलाकार दीपकराज गिरी प्रहरीको डीएसपीको भूमिकामा देखिएका छन् ।


फिल्ममा कलाकारहरु दीपकराज गिरी, शिवहरी पौडेल, किरण केसी, जीतु नेपाल, केदार घिमिरे, राजाराम पौडेल, गौरव पहारी, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का लगायतले अभिनय गरेका छन् ।


आमा सरस्वती मुभिजले निर्माण गरेको फिल्मको निर्देशक दीपाश्री निरौला नै रहेकी छन् । गत वर्ष प्रदर्शन भएको छक्कापञ्जाको अत्यधिक सफलतापछि सोहि टीमले पक्षले छक्कापञ्जा २ निर्माण गरेको हो ।

<iframe width="560" height="315" src="https://www.youtube.com/embed/I8qrKa5uOOg" frameborder="0" allowfullscreen></iframe>

२०७४ भदौ २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्