Birendranagar Municipality

दशैंमा ‘कसको ठूलो खाम ?’ (भिडियो )

दशैंमा ‘कसको ठूलो खाम ?’  (भिडियो )

सेरोफेरो
२३ भदौ । ‘टीका पनि लाम, जमरा नि लाम

ब्या नभाका जति मामाघर जाम
ब्या भएका जति ससुरालि/माइति जाम
कसको ठुलो खाम
घर् आएसी गनम्ला ओई
कसको ठूलो खाम’


उल्लेखित शब्दहरु पशुपति शर्माको दशैको कोशेली ‘कसको ठूलो खाम’ ? बाट ल्याएको हो । संस्कृति झल्काउने रमाइला शब्दहरु समेटीएको कमेडी भिडियो युटुवमा धेरै रुचाइएको छ ।


आशिष म्युजिक प्रालिको बजारमा ल्याएको पशुपति शर्माको दशै तिहारको कोशेलीमा शर्मा र टीका पुनको स्वर रहेको छ । लय तथा शब्द भने पशुपति शर्माले गरेका छन् । गीतमा पशुपति शर्मा र करिश्मा ढकालको अभिनय रहेको छ ।


युटुवमा राखिएको उक्त भिडियो ५६ लाख भन्दा धेरै पटक हेरिएको छ ।

२०७४ भदौ २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्