Birendranagar Municipality

विचार

के बोल्ने, स्वतन्त्रता कति छ?

के बोल्ने, स्वतन्त्रता कति छ?

नेपालको संविधान, २०७२ को धारा १७ ले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। धारा १७ (२) (क) मा प्रत्येक नागरिकलाई ‘विचार र अभिव्यक्तिको स्वतन्त्रता हुने’ उल्लेख गर्दै प्रतिबन्धानत्मक वाक्यांशमा त्यस्तो अधिकार भए तापनि त्यस व्यवस्थाले “नेपालको सार्वभौमसत्ता, भौगोलिक…

नेपाली समाजकाे बदलिँदाे अायाम

नेपाली समाजकाे बदलिँदाे अायाम

तस्बिर : गुगल समाजलाई विभिन्न दृष्टिकोणमा हेर्न सकिन्छ। कहिलेकाहीँ पहिल्यै निश्चित दृष्टिकोण बनाएर हेर्न सकिन्छ भने कहिलेकाहीँ पहिला अध्ययन–अनुसन्धान–विश्लेषण–संश्लेषण गरेर पछि मात्र निचोड निकालिन्छ । मैले नेपाली समाज धेरै कुरामा बदलिएको पाएँ । जुन यहाँ बुँदागत रूपमा उल्लेख गर्छु।  

संयुक्त राष्ट्र संघ र सुधारका प्रसंग

संयुक्त राष्ट्र संघ र सुधारका प्रसंग

संयुक्त राष्ट्र संघको पूर्ववर्ती संस्था लिग अफ नेसनको गठनमा अमेरिकाको महत्वपूर्ण योगदान भए पनि अमेरिका त्यसको सदस्य बनेन। किनकि अमेरिकी सिनेटको स्वीकृतिबिना त्यो सम्भव थिएन र अमेरिकी कार्यपालिकाको त्यो प्रयासलाई त्यहाँको विधायिकाले अनुमोदन गरेन। यसका अन्तर्य जे होस् त्यहाँको विधायिका कार्यकारणी माथि नियन्त्रण गर्न…

महिलाको सार्वजनिक जीवनप्रति पत्रकारलाई किन चासो ?

महिलाको सार्वजनिक जीवनप्रति पत्रकारलाई किन चासो ?

९ असार । मानिसका इच्छा र चाहनाहरु चलायमान हुन्छन्, निरन्तर चलिरहने घडीको समय जस्तै । जसरी घडीको सुईले सँधै एउटै समय देखाउँदैन त्यस्तै मानिसका चाहनाहरु सधैं एकनास हुँदैनन् । समयसँगै मानिसको सोचसँगसँगै इच्छा, चाहनाहरु पनि परिवर्तन हुन्छन् ।   बदलिँदो सोच, स्थिति र परिस्थिसँगै…

केकसँगै काटिँदैछ संस्कृति

केकसँगै काटिँदैछ संस्कृति

केही समययता हामी नेपालीमा ‘केक’ मोह निकै धेरै देखिएको छ। सर्वसाधारण, फिल्मकर्मी र नेतासम्मले आफ्ना अवसरहरू केकले रंगाएको देखिन्छ।   केही दिनअघि नयाँ शक्ति पार्टीले झन्डै ९१ किलोको बडेमान केक काटेर आफ्नो वार्षिकोत्सव मनाएको थियो।   प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिकेटमा सफलता हासिल गरेको…

समृद्धिको ढोका

समृद्धिको ढोका

अमेरिकाले यात्रुवाहक रेलको जमाना गयो भन्दै रेलको विशाल सञ्जाललाई विस्थापित गर्दै एक्सप्रेस हाइ–वे र विमानस्थलहरू निर्माणले तीव्रता दिँदै गर्दा सन् १९५८ मा जापान सरकारले बढ्दो यात्रु चापलाई ध्यानमा राख्दै टोकियो र ओसाका सहर जोड्नेगरी नयाँ रेल प्रविधिको बुलेट रेल निर्माण गर्ने निर्णय गर्‍यो ।  …

टाक्सिएका विश्वविद्यालय

टाक्सिएका विश्वविद्यालय

अहिले नेपालमा ११ वटा विश्वविद्यालय र ५ वटा उपाधि प्रदान गर्नसक्ने स्वास्थ्य विज्ञान प्रतिष्ठान छन् । तर हाम्रा यी विश्वविद्यालय टाक्सिएका छन् । यिनले आफ्नो कुनै विशिष्ट पहिचान र साख सिर्जना गर्नसकेका छैनन् ।   यी बाहेक केन्द्रीय र प्रादेशिक तहबाट विभिन्न व्यक्ति, समूह, संस्थाले निजी र…

बजेटका चार चित्र

सरकारले भर्खर ल्याएको बजेट पढ्दा चारवटा प्रस्ट चित्र देखिन्छन्–क) प्राथमिकता छुट्याउन हम्मेबजेटले प्राथमिकता दिएका कुरा यस्ता छन्– रोजगारी सिर्जना, मानव विकास (स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्रयोग गरेर), विभिन्न क्षेत्रमा पुँजी परिचालन गरी दिगो फराकिलो…

‘मेरो शरीर, मेरो हक’

‘मेरो शरीर, मेरो हक’

म केटाकेटी हुँदा घरमा वस्तुभाउ थिए। तिनको घाँटीमा बाँधिएको दाम्लो किलामा ठोकेर राखिन्थ्यो या गोठालाका साथ लगाएर चर्न छाडिन्थ्यो।   एकदिन, यी दुवैबाट चुकियो। भैंसी छुटेछ। पल्ला घरको मकैबारी फाँडेर केही बाँकी राखेन। ओल्लोघर, पल्लोघरले नराम्रै मूल्य चुकाउनुपर्‍यो।   धेरै वर्षअघिको भए पनि आजभोलि…

नयाँ नारा मात्र दिने होडबाट पन्छिनु राम्रो

नयाँ नारा मात्र दिने होडबाट पन्छिनु राम्रो

१६० वर्ष अघिका बेलायती अर्थमन्त्री विलियम ग्ल्याडस्टोनले बजेट घोषणा गर्दा रातो बाकस प्रयोगको शुरूवात गरेका हुन् । तस्बिर : स्वर्णिम वाग्ले   १६ जेठ । हाल युरोप भ्रमणमा छु। गहिरो अध्ययन गर्न बाँकी छ, तर सरसर्ती सुनेको भरमा २०७५/७६ को बजेटबारे मेरो तत्कालको टिप्पणी यस्तो छ।  …