१५ भदौ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो सम्मेलन १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । शुक्रबार भएको समापन समारोहमा विद्युत लाइन प्रसारणको अन्तरदेशीय मार्ग (बिमस्टेक ग्रीड इन्टरकनेक्सन) सहमति पत्र हस्ताक्षर भएको छ…
१५ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व व्यापार संगठन (डब्लूटीओ) बाट बाहिरिने चेतावनी दिएका छन् । डब्लूटीओको अमेरिकाप्रतिको कार्यशैलीमा असन्तुष्टि जनाउँदै ट्रम्पले यस्तो चेतावनी दिएका हुन् । ‘यदि उनीहरुले कार्यशैली बदल्दैनन् भने म डब्लूटीओबाट बाहिरिने छु’, ब्लूमबर्ग न्यूजसँगको अन्तर्वार्ताका क्रममा ट्रम्पले भनेका…
१५ भदौ । रोनाल्डो र सलाहलाई पछि पार्दै क्रोएसियाको राष्ट्रिय टोली कप्तान एवम् रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीच युरोपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। उनले उपाधि जित्ने क्रममा पूर्व सहकर्मी एवं युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो र लिभरपुल फरवार्ड मोहमद सलाहलाई पछाडी पारे । …
१४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विमस्टेकको चौथो शिखर सम्मेलनको उद्घाटन गर्दै आगन्तुक राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुलाई गौतम बुद्ध र सगरमाथाको देशमा स्वागत गरेका छन् । प्रधानमन्त्री ओलीले विमस्टेकको माध्यमबाट दक्षिण एशिया र दक्षिण पूर्वी एशियालाई जोडिएको बताएका छन् । उनले…
१२ भदौ । बिहिबार र शुक्रबार काठमाडौंमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) मा सहभागी हुन सदस्य राष्ट्रका सरकार प्रमुखहरू काठमाडौं आउने क्रम सुरू भएको छ । म्यानमारका राष्ट्रपति विन मिन्ट आज दिउँसो काठमाडौं आइपुगेका छन् । राष्ट्रपति मिन्टलाई…
५ भदौ । पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री इमरान खान सरकारी निवासमा नबस्ने भएका छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै खानले राज्यको खर्च कम गर्न आफ्ना सेवासुविधामा कटौती गर्न लागेको बताए। आफूले बानिगालास्थित आफ्नै घरमा बस्न चाहेको भए पनि सुरक्षा अधिकारीहरुले खतरा देखाएकाले सैनिक सुरक्षा भएको घरमा…
२ भदौ । संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव तथा नोबेल शान्ति पुरस्कार विजेता कोफी अन्नानको निधन भएको छ । ८० वर्षीय अन्नानको शनिबार निधन भएको हो । अन्नान घानाका हुन् । तर उनको निधन स्विट्जरल्यान्डको जेनेभामा भएको छ, जहाँ उनी वर्षौंदेखि बस्दै आइरहेका थिए ।…
१ भदौ । पूर्वक्रिकेटर इमरान खान पाकिस्तानका प्रधानमन्त्री निर्वाचित भएका छन्। शुक्रबार पाकिस्तानको राष्ट्रिय सभामा भएको चुनावमा १७६ मत पाएर खान १९ औं प्रधानमन्त्री चुनिएका हुन्। उनका प्रतिद्वन्द्वी पाकिस्तान मुस्लिम लिग (नवाज) का उम्मेदवार सेहबाज सरिफले ९६ भोट पाए। नवनिर्वाचित प्रधानमन्त्री खानले शनिबार पद…
३१ साउन । भारतका पूर्व प्रधानमन्त्री तथा भारतीय जनता पार्टीका संस्थापक नेता अटलबिहारी वाजपेयीको ९३ वर्षको उमेरमा बिहीबार अपराह्न निधन भएको छ। उनलाई सन् २००९ मा मस्तिष्काघात भएको थियो। नयाँ दिल्लीस्थित अल इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) मा विगत जुन ११ देखि भर्ना भएका…
२६ साउन । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बिहीबार अमेरिकी अन्तरिक्ष सैन्य बल (स्पेश फोर्स) निर्माण गर्ने प्रस्ताव सार्वजनिक गरेका छन् । विशाल अमेरिकी सैनिकको यो छैटौं विभाग हुनेछ । उक्त घोषणा कार्यक्रममा पेन्सले भने, “अर्को युद्धमैदानको लागि तयारी गर्नुपर्ने समय आएको छ ।” …