Birendranagar Municipality

समाचार

उपसभामुख शिवमाया तुम्बाहाङफे द्वारा राजीनामा

उपसभामुख शिवमाया तुम्बाहाङफे द्वारा राजीनामा

६ माघ । उपसभामुख डा.शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा दिनुभएको छ । आईतवार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको भोलिपल्ट संसद बैठक राखेर तुम्बाहाङ्फले राजीनामा दिने घोषणा गर्नुभएको हो । ‘प्रतिनिधिसभामा बहुमत प्राप्त दलले प्रतिनिधिसभामा नेतृत्वको दावा…

कर्णाली प्रदेश सहयोगापेक्षी सडक मानबरहित घोषणा

कर्णाली प्रदेश सहयोगापेक्षी सडक मानबरहित घोषणा

५ माघ । सात प्रदेश मध्य कर्णाली प्रदेश पहिलो सहयोगापेक्षी मानबरहित प्रदेश घोषणा भएको छ । सामाजिक विकास मन्त्रालयको नेतृत्वमा मानबसेवा आश्रम कर्णाली प्रदेशको समन्वयमा शनिबार जिल्ला समन्वय समितिको हलमा उक्त घोषणा गरिएको हो । वीरेन्द्रनगर नगरपालिका सुर्खेत, जिल्ला समन्वय समिती, प्रदेशप्रहरी कार्यालय कर्णाली…

भूमि व्यवस्था मन्त्री अर्यालद्वारा कञ्चनपुरको बाघफाँटास्थित नमुना हलिया वस्ती हस्तान्तरण

भूमि व्यवस्था मन्त्री अर्यालद्वारा कञ्चनपुरको बाघफाँटास्थित नमुना हलिया वस्ती हस्तान्तरण

५ माघ । भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाँटाको हलिया वस्ती हस्तान्तरण गरिएको छ । हलिया वस्तीका जेष्ठ सदस्य धनिराम लुहारको नवनिर्मित घरको रिबन काटि घरको तालाचाबी खोलेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले वस्तीको हस्तान्तरण गरेको घोषणा गर्नुभएको…

प्रदेश ३ को राजधानी हेटौंडा राख्ने प्रस्ताव दुई तिहाइ मतले स्वीकृत

प्रदेश ३ को राजधानी हेटौंडा राख्ने प्रस्ताव दुई तिहाइ मतले स्वीकृत

२७ पुस । लामो समय सम्म बिवाद र बहसका विच प्रदेश ३ स्थायी राजधानी हेटौंडा कायम भएको छ । आइतबार बिहान बसेको प्रदेश नं. ३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ स्थायी राजधानी हेटौंडा नै कायम गर्ने प्रस्ताव पास गरेको हो ।  …

अखिल नेपाल किसान महासंघ सुर्खेतको सपथ ग्रहण सम्पन्न

अखिल नेपाल किसान महासंघ सुर्खेतको सपथ ग्रहण सम्पन्न

२६ पुस । अखिल नेपाल किसान महासंघ जिल्ला समन्वय समिति सुर्खेतको सपथ ग्रहण, बैठक तथा प्रशिक्षण कार्यक्रम वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । नेकपा सम्वद्ध दुई किसान संगठनहरु अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्र र अखिल नेपाल किसान महासंघ विच एकता भई सपथ ग्रहण भएको हो ।…

पारेगाउँ महिला सहकारीको छैठौं साधारणसभा सम्पन्न

पारेगाउँ महिला सहकारीको छैठौं साधारणसभा सम्पन्न

२६ पुस । पारेगाउँ महिला विकास कृषि तथा पशुपाल सहकारी संस्था को छैटौं स्थापना दिवस तथा वार्षिक साधारणसभा वीरेन्द्रनगर १५ रतुमा सम्पन्न भएको छ । कार्यक्रममा आ.व ०७५।०७६ को कुल ३८ लाख ३६ हजार ७४५ बरावरको आय तथा व्याय संस्थाका कोषाध्यक्ष लक्ष्मीकुमारी ज्ञावलीले प्रस्तुत…

मन्त्री नेम्बाङद्वारा राँके-रवि भेडेटार सडक अनुगमन

मन्त्री नेम्बाङद्वारा राँके-रवि भेडेटार सडक अनुगमन

२६ पुस  । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले राँके रवि भेडेटार सडक खण्डको अनुगनम गर्नु भएको छ । शुक्रबार मेची राजमार्गको राँकेदेखि भेडेटारसम्म १ सय १ किलोमिटर स्थलगत अनुगमन गर्नु भएको हो ।   प्रदेश नं. १ कै एक महत्वपूर्ण मार्गको रुपमा रहेको…

कर्णाली प्रदेशमा पहिलो पटक बहुउद्देश्यीय सहकारीहरु बीच एकीकरण

कर्णाली प्रदेशमा पहिलो पटक बहुउद्देश्यीय सहकारीहरु बीच एकीकरण

२६ पुस । समान उद्देश्यका सहकारी एकीकरण गर्ने नेपाल सरकारको नीतिअनुसार कर्णाली प्रदेशमा पहिलो पटक बहुउद्देश्यीय सहकारी संस्थाहरु एकीकरणको अभियान शुरु भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा रहेका साविकका जागरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र हातेमालो महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड एकीकरण भई…

 सूचना आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरुद्वारा सपथ ग्रहण

सूचना आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरुद्वारा सपथ ग्रहण

२४ पुस । नव नियुक्त राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ गराउनु भएको छ ।   प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त गुरुङलाई पद तथा गोपनियताको सपथ गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले…

बाल अधिकारबारे गण्डकी प्रदेशमा संसदीय अन्तरसंवाद

बाल अधिकारबारे गण्डकी प्रदेशमा संसदीय अन्तरसंवाद

२४ पुस । बाल संरक्षण र बाल अधिकारबारे गण्डकी प्रदेशका नीति तथा कार्यक्रमहरुबारे एक दिने अन्तरसम्बाद कार्यक्रम पोखरामा बिहिबार सम्पन्न भएको छ ।   कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले बाल अधिकारसँगै बालबालिकालाई कर्तव्यको बोध समेत गराउनुपर्नेमा जोड दिनुभयो । सो…