३१ साउन । भारतका पूर्व प्रधानमन्त्री तथा भारतीय जनता पार्टीका संस्थापक नेता अटलबिहारी वाजपेयीको ९३ वर्षको उमेरमा बिहीबार अपराह्न निधन भएको छ। उनलाई सन् २००९ मा मस्तिष्काघात भएको थियो। नयाँ दिल्लीस्थित अल इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) मा विगत जुन ११ देखि भर्ना भएका…
१ भदौ । आधुनिक नेपाली समाजलाई कानुनी रुपमा व्यवस्थित गर्न २०७५ भदौ १ अर्थात् आजदेखि मुलुकी संहिता लागू भएको छ । मुलुकी संहिता २०७४ असोज ३० मा राष्ट्रपतिबाट प्रमाणीकरण भएको हो । १६५ बर्ष पुरानो मुलुकी ऐनलाई विस्थापन गरेको मुलुकी संहिताले धेरै विषयमा नयाँ कानुनी…
३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा हुने गरेको भ्रष्टाचार र जनप्रतिनिधिले उपभोग गरेका सुविधाको बिषयमा चासो व्यक्त गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघको प्रतिनिधि मण्डलसँग बिहिबार सिंहदरबारमा अन्तरक्रिया गर्दै जनतालाई गुनासो गर्ने ठाउँ नदिन जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । ‘स्थानीय…
३० साउन । कामको शिलशिलामा अमेरिकामा रहँदै आएका वीरेन्द्रनगर ११ का खेमराज ढकालले विद्यालयलाई सहयोग गरेका छन् । उनले धुलियाबिटस्थित श्री शिव माध्यामिक विद्यालयलाई प्राविधिक शिक्षा सञ्चालन गर्न १ लाख १ हजार १ सय ५ रुपैया सहयोग गरेका हुन् । बुधबार विद्यालयमा आयोजित…
२९ साउन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश कार्यालय स्थापना गरेको छ । प्रदेशका सामाजिक विकास मन्त्री दल रावल र इन्सेक अध्यक्ष सुबोधराज प्याकुरेलले संयुक्त रुपमा वोर्ड स्थापना गरी कार्यालयको शुभारम्भ गरेका हुन् । मन्त्री रावलले नागरिक अधिकार स्थापनामा…
२९ साउन । हुम्लामा हेलिकोप्टरको पंखाले चोट लागेर एक जना भारतीय तीर्थयात्रीको मृत्यु भएको छ । पङ्खा घुम्न नरोकिंदै उनी हेलिकोप्टरको पछाडि भागमा जाँदा यस्तो घटना भएको हो । धार्मिक तीर्थस्थल मानसरोवर जानका लागि हुम्ला सदरमुकामबाट हिल्साका लागि उडेको मनाङ एयरको कल साइन नाइन…
२७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानअधिकारप्रति प्रतिवद्ध रहेको बताएका छन् । नेपाल मिडिया सोसाइटीको नव निर्वाचित कार्य समितिलाई आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बधाइ दिंदै उनले यस्तो प्रतिवद्धता जाहेर गरेका हुन् । प्रधानमन्त्री ओलीले लोकतन्त्रकै लागि आफ्नो…
२७ साउन । नेपाली कांग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य भरतशम्शेर राणाको शोकमा तीन दिन पार्टी केन्द्रीय र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने भएको छ। राणाको साउन २५ गते निधन भएको थियो। लोकतन्त्र र गणतन्त्रको संघर्षमा समर्पित राणाको निधनमा पार्टीले गहिरो दुस्ख व्यक्त गरेको…
२४ साउन । जाजरकोटमा यही साउन १६ गते १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गर्यो। उक्त घटनामा संलग्न रहेको अभियोग लागेका एक जना फरार छन्। पक्राउ परेका भेरी नगरपालिका– ४, बोहराका ३३ वर्षीय सविन चन्दले जिल्ला सदरमुकामको होटलमा दुई दिन…
२४ साउन । हुम्लाका सात गाउँपालिकामा वितरण शुरू गरिएको गरिब घर परिचय पत्र हुनेखानेलाई वितरण गरेको पाइएको छ । तत्काली जिल्ला विकास समितिले गरिब घर परिवारको तथ्याङ्क संकलन गर्दा वास्तविक गरिब छुटेको र सम्पन्न व्यक्तिहरुलाई उपलब्ध गराएको भन्दै स्थानीयहरुले उजुरी गरेका छन् ।…