५ जेठ । कर्णाली प्रदेशमा पहिलो कोरोना संक्रमित पुष्टि भएको छ । दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय एक युवकमा कोरोना भाइरस पोजेटिभ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरककुमार अधिकारीले सोमबार राति औपचारिक पुष्टि गर्नुभएको छ । शनिवार कर्णाली प्रदेश अस्पतालबाट गएको…
५ जेठ । मन्त्रिपरिषद्को आज बसेको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताउनु भयो । मन्त्री खतीवडाका…
५ जेठ । बाँके जिल्लामा एकैदिन ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु मध्ये ४६ जना पुरुष र एक महिला गरी ४७ जना छन् । सोमबार देशभर एकैपटक ५३ जनामा…
५ जेठ, मेलम्ची । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपालमा पहिलो कोरोना भाइरसबाट मृत्यु भएकी महिलाको शिशुलाई सहयोग गर्ने बताएका छन् । धुलिखेल अस्पतालमा उपचारका क्रममा जेठ २ गते ती महिलाको मृत्यु भएको थियो । मन्त्री बस्नेतले भर्खर…
५ जेठ । नेपालमा कोरोना संक्रमण क्रमिक रुपमा बढिरहेको छ । सोमबार संक्रमितको संख्या ३ सय ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका सह प्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटको इशनाथ नगरपालिका– २, ३, ६,…
४ जेठ । लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय समन्वय समितिको सिफारिसको आधारमा लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको हो । नेपालमा कोरोनाको कारण दुई सङ्क्रमितको ज्यान गएसँगै सङ्क्रमितको सङ्ख्या पनि बढिरहेकोले सङ्क्रमण…
४ जेठ । नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरानाबाट मृत्यु हुनेहरूको संख्या दुई पुगेको छ । क्वारेन्टाइनमा बसेका युवाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी…
४ जेठ । धुलिखेल अस्पतालमा कोरोनाभाइरसका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको १२ दिने शिशुसहित परिवारका चार जना सदस्यलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ। मृतकका श्रीमान, आमा र बहिनी लाई समेत आइसोलेसनमा राखिएको छ। उनीहरू सबैको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिएको अस्पतालका प्रवक्ता…
३ जेठ । नेपालमा कोरोना भाइरसका कारण एक जनाको ज्यान गएको पुष्टि भएको छ । धुलिखेल अस्पतालमा उपचार गराईरहेकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको कोरोनाका कारण ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको हो । मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार…
३ जेठ, काठमाडौं । धुलिखेल अस्पतालमा निधन भएकी सुत्केरी महिलामा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ। श्वासप्रश्वासमा समस्या उत्पन्न भएर अस्पताल भर्ना भएकी उनीमा कोरोना संक्रमण पुष्टि भएको धुलिखेल अस्पतालका एक चिकित्सकले जानकारी दिए । त्रिवि शिक्षण अस्पतालमा बैशाख २४ गते सिजरिङबाट…