१९ पुस । चौकुने गाउँपालिकामा संचालन गर्ने गरि इजाजत पाएको मुक्ति श्री प्रा.लिले चौकुने सिमेन्ट उद्योगको नाममा चरम आर्थिक चलखेल गरेको चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहले आरोप लगायका छन् । बर्षोदेखि उद्योगको नविकरण गरि कम्पनीका प्रमुख अजय सुमार्गिले लाइसेन्स होल्ड गरि बसेको र…
१९ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली शासक किम जोङ उनको भन्दा ठूलो न्युक्लियर बम आफूसँग भएको बताएका छन् । बुधबार बिहान ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आफूसँग भएको बम ठूलो मात्र होइन यसले काम पनि गर्ने बताएका छन् । ‘उत्तर कोरियाली नेता किम…
फाइल तस्विर १८ पुस । एमालेसँगको पार्टी एकतालाई अगाडी बढाउने निष्कर्श सहित नेकपा माओवादी केन्द्रको बैठक सकिएको छ । अध्यक्ष पुष्पकमल दाहालप्रचण्ड निवास खुमलटारमा बसेको बैठकले एकतामा पार्टीका नेता व्यवस्थापन गर्न बरिष्ठ नेता रामबहादुर थापा बादलको नेतृत्वमा कार्यदल बनाएको छ ।…
१८ पुस । सरकारले सातै वटा प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो । मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले भौतिक पूर्वाधारका आधारमा ती अस्थायी…
फाइल तस्विर १८ पुस । परम्परागत व्यावसायबाट राम्रो आम्दानी हुन छोडेपछि अहिले मुगुका महिलाहरु तरकारी खेती तर्फ आकर्षित भएको हुन् । सधै चुलौचौकोमा सिमित हुने मुगुका महिलाहरु अहिले तरकारी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । श्रीमानको भरमा दैनिकी चलाउने महिलाहरु…
१७ पुस । साहित्यकार ध्रुवचन्द्र गौतमद्वारा लिखित ‘एक आनाको जमाना’ अनुभवन्यास (पुस्तक) विमोचन भएको छ । उक्त पुस्तक पत्रकार पुरुषोत्तम दाहाल र प्रध्यापक डा. डिल्लीराम दाहालले सोमबार संयुक्त रूपमा विमोचन गरेका हुन् । पुस्तक विमोचन गर्दै पुरुषोत्तम दाहालले ध्रुवचन्द्र गौतमद्वारा लिखित अधिकांश पुस्तकले…
१७ पुस । सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नं. ९ को आयोजनामा बोटेचौरमा कृषि व्यापार तथा सांस्कृतिक माघी महोत्सव मेला संचालन हुँदैछ । यही माघ १ देखी ८ गतेसम्म सचालन हुने महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । …
१७ पुस । उत्तर कोरियाका नेता किम जोङ उनले अमकेरिकालाई चेतावनी दिंदै भनेका छन्-'न्यूक्लियर (परमाणु) बम लञ्च गर्ने स्वीच उनको डेस्कमा छ ।' नयाँ वर्षको शुभकामना भाषणमा उनले भने, 'अमेरिकाले दिने सम्पूर्ण आणविक त्रासको सामना गर्ने सबै उपाय हामीसँग छन् ।’ उत्तर कोरिया…
१७ पुस । गर्भ निरोधका लागि यौन सम्पर्कका बेला लिङ्गमा प्रयोग गर्न सकिने शुक्रनाशक कन्डम बनाइएको छ । पातलो लेटेक्सले यो कन्डम बनाइएको हो । शुक्रनाशक कन्डम चलन चल्तीका अन्य कन्डमभन्दा फरक खालको छ किनभने यसमा शुक्रनाशक रसायनको पत्र चढाइएको छ । सो…
१७ पुस । संघीय नेपालमा अब केन्द्रमा १५ र प्रदेशमा ७ मन्त्रालय हुने भएका छन् । अधिकार सम्पन्न संघीयता कार्यान्वयन समितिले केन्द्रमा १५ र प्रदेशमा ७ वटासम्म मन्त्रालय तोक्न सरकारलाई सिफारिस गरेको हो । संविधानविद् काशीराज दाहालको संयोजकत्वको समितिले गरेको सिफारिस सामान्य प्रशासन…