३० चैत्र । पर्सा जिल्लाको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । पर्साको बिरगंज महानगरपालिका, वडा नं. २, छपकैया स्थित मस्जिदमा शंकास्पदरूपमा…
३० चैत । अमेरिकाको न्यूयोर्क सिटीको हार्ट आइल्याण्डको पहिचान ‘सामूहिक चिहान’ का रुपमा रहँदै आएको छ विगत डेढ सय वर्षदेखि । सन् १८०० को मध्यदेखि हार्ट आइल्याण्डको पोटर्स फिल्डमा विभिन्न महामारीका बेला निधन भएकाहरुको सामूहिक चिहान बनाइयो। यसरी हार्ट आइल्याण्डमा पुरिनेमा अधिकांश आफन्तको…
३० चैत्र । कोरोना भाईरस (कोभिड १९) को संक्रमण नेपालमा फैलिएसंगै सरकारले २०७६ चैत्र ११ गते देखि २०७७ बैषाख ३ सम्म नेपालभर लकडाउन गरेको छ । लकडाउनका कारण दैनिक ज्यालामजदुरी गर्ने, गरिव तथा विपन्न नागरिकहरुलाई राहत स्वरुप खाद्यन्न वितरणको कार्य समेत विभिन्न स्थानिय तहले…
३० चैत । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन उल्लंघन गर्ने २७३ जनालाई सुर्खेत प्रहरीले सम्झाई बुझाई छोडेको छ । उनीहरुलाई वीरेन्द्रनगरको विभिन्न स्थानबाट शनिबार पक्राउ गरिएको थियो । लकडाउन उलंङघन गर्नेमा १२० महिला र १५३ पुरुष थिए । उनीहरुलाई केही…
२९ चैत । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि अपनाइएका लकडाउनसहितका उपाहरुहरु चाँडै नै अन्त्य गर्दा संक्रमणको पुनरावृत्ति हुन सक्ने भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिएको छ । डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले प्रतिबन्धहरु फुकुवा वा खुकुलो बनाउँदा देशहरु सचेत बन्नु…
२८ चैत । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सुर्खेतको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसरमा शुक्रबार विहान सम्पन्न उक्त कार्यक्रममा ४१ पिण्ट रगत संकलन भएको संयोजक धुपेन्द्र बहादुर शाहीले जानकारी दिए । आयोजकका अनुसार विश्वविद्यालयका…
२७ चैत । निर्माण व्यवसाय विकास परिषद्ले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेशलाई १३ लाखका दरले रकम उपलब्ध गराउने भएको छ । परिषदका अध्यक्ष भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङको अध्यक्षतामा आज बसेको बैठकले प्रदेश स्तरीय कोरोना भाइरस संक्रमण रोकथाम…
२७ चैत । सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अवकाशप्राप्त र छात्रवृत्तिमा गएर फर्किएका चिकित्सकलाई समेत परिचालन गर्ने भएको छ । सरकारले पारिश्रमिक लिएर वा स्वयंसेवी रुपमा केही अवधिका लागि उनीहरुको सेवा लिन सार्वजनिक आह्वान गर्न लागेको हो । सरकारले निजी स्वास्थ्य संस्थाका…
तस्बिर: हङकङ ओसन पार्क २६ चैत । यिङ–यिङ र ले–ले बीच सम्भोग नभएको लगभग दस वर्ष नाघेको थियो। आफ्नो प्राकृतिक बासस्थानबाट टाढिएपछि मनमा संसर्गको हरक नै आउन छाडेको हो कि! वा, यो पनि हुनसक्छ, मनमा हरक जागे पनि दिनरात पछ्याइरहने सयौं…
२६ चैत, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी पाउनुभएको तीन जना मन्त्रीसँग बुधबार मन्त्रालयमा छलफल गर्नुभएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नम्बर १ को सरकारसँग समन्वय गर्ने जिम्मेवारी पाउनु भएका भौतिक पूर्वाधार तथा…