Birendranagar Municipality

समाचार

प्रहरीलाई बर्खास्त गरेर दोषीलाई उन्मुक्ति नदिऔं : देउवा

प्रहरीलाई बर्खास्त गरेर दोषीलाई उन्मुक्ति नदिऔं : देउवा

१० कात्तिक । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले माग गरेका छन् ।  नेपाल तरुण दल स्थापनाको ६५औं वर्षगाँठका अवसरमा शनिबार पार्टी कार्यालय सानेपामा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले प्रहरी…

सत्तारूढ नेकपाको पक्षमा निर्वाचन आयोगको फैसला

सत्तारूढ नेकपाको पक्षमा निर्वाचन आयोगको फैसला

९ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामलाई निर्वाचन आयोगले वैधता दिएको छ। आयोगमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नाम जुधेको भन्दै दर्ता खारेजीको माग गर्दै उजुरी दिएका थिए। निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवको इजलासमा नामलाई लिएर बुधबार बहस भएको थियो। 

सुर्खेतमा सुरु भयो ‘साउना बाथ’

सुर्खेतमा सुरु भयो ‘साउना बाथ’

९ कात्तिक । सुर्खेतमा जापानी प्रविधिको साउना बाथ र स्टिम सेवा सुरु भएको छ । विद्युतिय उपकरणको सहायतामा निकालिएको तापसंगै बन्द कोठामा बसेर साउना वाथ गरिन्छ । यसो गर्दा शरीरका बिकार पसिनासंगै बगेर जान्छ । साउना र स्टिमको प्रयोग गर्नाले धुम्रपान र…

प्रमाण नष्टमा एसपी विष्टमाथि तीन मुद्दा आकर्षित, हिरासतमा राख्न सकिने

प्रमाण नष्टमा एसपी विष्टमाथि तीन मुद्दा आकर्षित, हिरासतमा राख्न सकिने

९ कार्तिक । प्रमाण लोप कसुरमा थप कारबाही गर्न सकिने कानुनी प्रावधान हुँदाहुँदै एसपी दिल्लीराज विष्टलाई उन्मुक्ति दिइएको छ।   गृह मन्त्रालयले निर्मला बलात्कार–हत्यामा प्रमाण लोपलगायत कसुरमा कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टलाई बिहीबार बर्खास्त गरेको थियो।   मुलुकी अपराध…

भाकपा नेता यचुरी काठमाडौंमा

भाकपा नेता यचुरी काठमाडौंमा

८ कार्तिक । भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरी काठमाडौं आएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निमन्त्रणामा बिहिबार उनी काठमाडौं ओर्लेका हुन् ।   यचुरीका साथमा भाकपा केन्द्रीय कमिटी सदस्य जोगेन्द्र शर्मा पनि आएका छन् । उनीहरु दुबैलाई नेकपा केन्द्रीय…

जुम्ला विमानस्थल १ महिना बन्द हुने

जुम्ला विमानस्थल १ महिना बन्द हुने

८ कार्तिक । जुम्ला विमानस्थल १ महिना बन्द हुने भएको छ । स्तरोन्नति गर्न लागिएकोले बिहिबारदेखि करीब १ महिना विमानस्थल बन्द हुने भएको हो ।   विमानस्थलका प्रमुख कैलाश शर्माका अनुसार अहिले पनि जहाज आवात जावत नहुने समयमा काम भैरहेको छ । तर…

पटाका प्रहरीलाई बुझाइदिन अनुरोध

पटाका प्रहरीलाई बुझाइदिन अनुरोध

८ कार्तिक । तिहारमा प्रयोग हुने कुनै पनि किसिमका पटाका तथा आतसबाजी प्रहरीलाई बुझाउन अनुरोध गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिहिबार एक सूचना जारी गरी यस्तो अनुरोध गरेको हो ।   तिहार नजिकिंदै गर्दा सुर्खेतको बजार क्षेत्रमा पटाका ओसारपसार, सञ्चय तथा विक्रि…

नगर प्रमुखहरूको विश्व संसदमा न्यौपाने निर्वाचित

नगर प्रमुखहरूको विश्व संसदमा न्यौपाने निर्वाचित

८ कात्तिक । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने नगर प्रमुखहरूको विश्व संसद्को कार्यकारी सदस्यमा निर्वाचित भएका छन् । बेलायतको व्रिष्टोल शहरमा सम्पन्न नगर प्रमुखहरूको सम्मेलनबाट न्यौपाने कार्यकारी सदस्यमा निर्वाचित भएका हुन् ।   उक्त सम्मेलनमा व्यास नगर प्रमुख न्यौपाने उपस्थित नभए पनि कार्यकारी सदस्यका…

काठमाडौंमा 'कर्णाली हाउस' बन्ने

७ कार्तिक । सरकारले सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीलाई राजधानीमा आवास निर्माण गर्ने योजना अघि सारेको छ । ललितपुरको भैंसेपाटीमा बन्ने ति भवन प्रदेशकै नाममा नामाकरण हुनेछ ।   यस्तो आवास प्रदेश प्रमुख र मुख्यमन्त्रीले राजधानी आएका बेला प्रयोग गर्नेछन् । सोही आवासमा उनीहरुले…

नेकपाको चियापानमा ५० हजार निम्तालु

७ कार्तिक । नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) आगामी शनिबार हुन गइरहेको चियापान कार्यक्रमको तयारी पूरा भएको छ।  पार्टी एकतापछि पहिलो पटक विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा हुन गइरहेको चियापान कार्यक्रम भृकुटीमण्डपस्थित बगैँचामा हुने भएको छ। यसअघि पार्टी एकता हुनुभन्दा अघि नेकपा…