Birendranagar Municipality

समाचार

काँग्रेस नेता खड्काको निधन

काँग्रेस नेता खड्काको निधन

१७ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधन भएको छ। भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत खड्काको शुक्रबार साँझ निधन भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।   खड्काको मल्टिपल अर्गान फेलरबाट मृत्यु भएको हो । पूर्वगृहमन्त्रीसमेत रहेका ६६ वर्षिय खड्का मृर्गौला रोगले…

बाटो किनारका टहरा हटाउँदै नगरपालिका (भिडियो)

१६ चैत्र । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगरका हरेक बाटा घाटामा स-साना टहरा, घुम्टी, ठेला व्यापारले कुरुप जस्तै देखिएको थियो । सार्वजनिक स्थान ढाकिने गरी गरिएका व्यवसाय र त्यसबाट निस्कने फोहोरले शहरलाइ कुरुप बनाएको थियो । सुन्दर वीरेन्द्रनगर शहर बनाउने नगरपालिकाको निर्णय अनुसार…

खोला बालै बस्ति छाउपडी गोठ मुक्त

खोला बालै बस्ति छाउपडी गोठ मुक्त

१६ चैत । छायाँनाथ रारा नगरपालिका वडा नम्बर ६ लाई छाउपडी गोठमुक्त घोषणा गरिएको छ । मुगु जिल्लाको तेस्रो वस्तीको रुपमा बालै बस्तिलाई छाउपडी मुक्त बस्ती घोषणा गरिएको हो ।   यसअघि मध्यपश्चिमकै पहिलो वस्तिको रुपमा मुगुको शोभा गाउँलाई छाउ गोठ मुक्त घोषणा गरिएको…

मुख्यमन्त्रीले भत्काए पर्खाल

मुख्यमन्त्रीले भत्काए पर्खाल

१६ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुलबुले उद्यानमा बन्दै गरेको पर्खालको जग भत्काएका छन् । शहरी विकास मन्त्रालयले उद्यानको संरक्षणको लागि बनाउँदै गरेको पर्खालको जग गुणस्तरहीन भएको भन्दै उनले भत्काएका हुन् ।   भवन डिभिजन कार्यालयले करीब ५ करोडको लगानीमा बुलबुले…

मन्त्रिपरिषद निर्णय : विदा कटौतीदेखि कर्मचारी खटनपटन

मन्त्रिपरिषद निर्णय : विदा कटौतीदेखि कर्मचारी खटनपटन

१५ चैत । सरकारले २०७५ सालको सार्वजनिक विदामा व्यापक कटौति गरेको छ। सरकारको उक्त निर्णयपश्चात् अब शनिबारसहित बार्षिक ८९ दिनमात्र सार्वजनिक विदा हुनेछ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले ६७ दिन सबैका लागि विदा र २२ दिन विभिन्न धार्मिक र सांस्कृतिक विदा दिने निर्णय गरेको…

युवती हत्यामा ट्राफिक प्रहरीको संलग्नता

युवती हत्यामा ट्राफिक प्रहरीको संलग्नता

१४ चैत्र । सुर्खेतको पञ्चपुरीस्थित श्री सुर्यप्रकाश माबि सालकोट पलैटेमा अध्ययनरत छात्रा गौरीकला रोकायको हत्यामा प्रहरी जवानको संलग्नता रहेको छ ।   जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा दरबन्दी रही इलाका प्रहरी कार्यालय बावियाचौरमा कार्यरत ट्राफिक प्रहरी जवान हरि प्रसाद कोइराला हत्यामा संलग्न भएको प्रहरीले…

नयाँ वर्षमा कर्णालीको राराबाट प्रधानमन्त्रीले सम्वोधन गर्दै

नयाँ वर्षमा कर्णालीको राराबाट प्रधानमन्त्रीले सम्वोधन गर्दै

१४ चैत । प्रधानमन्त्री केपीशर्मा ओलीले कर्णाली प्रदेशको रारा तालबाट बैसाख १ गते देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन बर्ष २०७५ को उद्ध्घाटन गर्न मुगुको राराताल जाने कार्यक्रम रहेकोले सोही स्थानबाट देशबासीलाई सम्बोधन गर्ने भएका हुन् ।

वीरेन्द्रनगरको न्यायिक समितिले पूर्णता पायो, पाँचवटा ऐन पारित

वीरेन्द्रनगरको न्यायिक समितिले पूर्णता पायो, पाँचवटा ऐन पारित

१३ चैत । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले न्यायिक समितिलाई पूर्णता दिएको छ । चैत ७ देखि १३ सम्म सञ्चालित दोस्रो नगरसभाबाट न्यायिक समिति गठन गर्नुका साथै पाँचवटा ऐन पारित गरिएको छ ।   समितिको संयोजकमा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल तथा सदस्यहरुमा…

एसइइ दिन गएकी छात्राको हत्या : चारजना आरोपी पक्राउ

एसइइ दिन गएकी छात्राको हत्या : चारजना आरोपी पक्राउ

१३ चैत । एसइइ परीक्षा दिने एक छात्राको विभत्स हत्या गरिएको छ । सुर्खेतको पञ्चपुरीस्थित श्री सुर्यप्रकाश माबि सालकोट पलैटेमा अध्ययनरत छात्रा गौरीकला रोकायको गएराती उनकै डेरामा हत्या भएको हो ।   हत्या किन र कसरी भयो भन्ने कुरा खुलेको छैन । यद्धपी उनलाई…

स्थानीय तहले करारमा कर्मचारी राख्न पाउने

१३ चैत । स्थानीय तहले करारमा अब कर्मचारी राख्न पाउने बाटो खुलेको छ। स्थानीय तहमा करारमा जनशक्ति व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७४ स्वीकृत भएसँगै उक्त बाटो खुलेको हो।   यस कार्यविधिलाई सम्बन्धित स्थानीय तहले आ आफ्नो आवश्यकता अनुसार कार्यपालिका बैठकबाट निर्णय गरी लागू गर्न सक्ने संघीय…