८ पुस । दैलेखको आठबिस नगरपालिकामा स्थानीय सरकार र जनताले छाउपडी तथा बालविवाह न्यूनिकरण गर्ने साझा प्रतिबद्धता जनाएका छन् । बिभिन्न संघ संस्थाको अगुवाईमा केही समय अघि यहाँस्थित सबै गाविसहरुलाई छाउपडी मुक्त क्षेत्र घोषणा गरेता पनि कार्यान्वयन नभएकोले स्थानीय सरकार अग्रसर भएको हो…
८ पुस । पञ्चपुरी ४ बाबियाचौरमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । युएसएड/साझेदारी विकास परियोजनाको आर्थिक सहयोगमा सुन्दर नेपाल संस्था सुर्खेत र वडा कार्यालयको समन्वयमा उक्त शिविरको आयोजना गरिएको थियो । शिविरमा हेपाटाइटिस, सुगर, ब्लड प्रेसर, जनरल जाँच तथा दाँत निकाल्ने…
तस्विर : ए.एफ पि ८ पुस । दक्षिणी फिलिपिन्समा आँधीका कारण कम्तीमा ७४ जनाको ज्यान गएको बताइएको छ भने दर्जनौं हराइरहेका छन् । टेम्बिन नामक आँधीले मिन्डनाउ टापुका धेरै भागहरुमा बाढी तथा पहिरो समेत निम्त्याएको संचार माध्ययमहरुले जनाएका छन् । …
पुस ८ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाले हालै क्षेप्यास्त्र परीक्षण गरेको विषयलाइ लिएर प्रतिक्रियास्वरुप कडा प्रतिबन्धहरु लगाउन सर्वसम्मतिले मतदान गरेको छ। संयुक्त राज्य अमेरिकाको प्रस्तावमा उत्तर कोरियाको तेल आयात ९० प्रतिशतसम्मले घटाउने लगाएतका कदमहरु समावेश गरिएका छन् । उत्तर कोरियाका…
८ पुस । वीरेन्द्रनगरको मंगलगढी नजिक बसपार्कबाट गोदामलाइन जाने बाटोको बायाँतर्फ रहेका पसलमा शुक्रबार राती भीषण आगलागी भएको छ । विद्युत् सर्ट भएर लागेको हुनसक्ने अनुमान गरिएको आगलागी २ घन्टा पछी नियन्त्रणमा आएको थियो । आगो निभाउन नेपाल प्रहरी, सशत्र प्रहरी, नेपाली सेना र…
७ पुस । कालीकोटमा म्यादी प्रहरीले गरेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एकको मृत्यु भएको छ । रासन लगायत तलब सुविधा कटौती गरेको भन्दै म्यादी प्रहरीले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका बेला प्रहरी र म्यादीबीच झडप भएको थियो । झडपमा परी मृत्यु हुनेमा…
७ पुस । प्रधानमन्त्रीले बालुवाटारमा बोलाएको राष्ट्रिय दलहरु विचको बैठक विनानिष्कर्श टुंगिएको छ । बर्तमान गतिरोधको अन्त्य, अध्यादेश तथा नयाँ सरकार गठनका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ । सरकारले राष्ट्रपति समक्ष पठाइएको राष्ट्रिय सभासम्बन्धी अध्यादेश पारित गरिनुपर्ने काँग्रेरको अडान पछि बैठक निचोडमा…
७ पुस। संयुक्त राष्ट्रसंघ महासभाको बहुमतले जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिने अमेरिकी निर्णयलाइ अस्वीकार गरेको छ । नेपालले समेत अमेरिकाको विपक्षमा मतदान गरेको हो । १२८ मुलुकहरूले प्रस्तावको पक्षमा मतदान गरेभने ९ वटा मुलुकहरूले मात्रै विपक्षमा।…
७ पुस । एमालेले प्रतिनिधिसभा र प्रदेशसभा समानूपातिकतर्फ पार्टीका तर्फबाट सांसद बन्नेको नामावली निर्वाचन आयोगका बुझाउने तयारी गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फ अधिकांश पुरुषले जितेका कारण एमालेले समानूपातिकतर्फ ठूलो संख्यामा महिलालाई सांसद बनाउँदैछ । एमालेले समानूपातिकतर्फ ४१ सिट जितेको छ ।…
७ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले हालैमात्र सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट राष्ट्रिय दल बनेका पाँच राजनीतिक दलका शीर्ष नेताहरुको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान ११ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीका सञ्चार विज्ञ गोविन्द परियारले जानकारी दिए । बैठकमा निर्वाचन…