Birendranagar Municipality

समाचार

लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतको भूमिका अविस्मरणीयः प्रधानमन्त्री ओली

लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतको भूमिका अविस्मरणीयः प्रधानमन्त्री ओली

२४ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतको भूमिका अविस्मरणीय रहेको बताएका छन् । पाँचौँ राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्र प्रकाशनको १२० वर्ष प्रवेशको सन्दर्भमा शुभकामना दिँदै उनले यस्ताे बताएका हुन् ।   प्रम ओलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सामाजिक…

नेकपा नेता रायमाझीको निधन

नेकपा नेता रायमाझीको निधन

२३ बैशाख, काठमाडौं । नेकपाका नेता बुद्धिबहादुर रायमाझीको निधन भएको छ । ७० बर्षीय रायमाझीको उपचारका क्रममा सोमबार काठमाडौंकाे मेडिसिटी अस्पतालमा निधन भएको हो । पञ्चायती व्यवस्था विरोधी संघर्षमा अर्घाखाँचीको हर्रेवर्रे आन्दोलनमा संलग्न रायमाझीले १३ बर्ष जेल जीवन विताएका थिए । प्रधानमन्त्री…

मेयरमाथि आक्रमण गर्ने युवा संघका जिल्ला संयोजक निलम्बनमा

मेयरमाथि आक्रमण गर्ने युवा संघका जिल्ला संयोजक निलम्बनमा

२३ बैशाख, जाजरकोट । भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीलाई आक्रमण गर्ने राष्ट्रिय युवा संघ जाजरकोटका संयोजक दिपेन्द्र शाही निलम्बनमा परेका छन् ।   युवा संघका केन्द्रीय संयोजक रामप्रसाद सापकोटा 'दीपशिखा' र सहसंयोजक रमेश पौडेलले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी शाहीलाई संगठनबाट निलम्बन गरेको…

फरार सूचीमा रहेका वडाध्यक्षद्वारा आत्मसमर्पण

फरार सूचीमा रहेका वडाध्यक्षद्वारा आत्मसमर्पण

२३ बैशाख, म्याग्दी । प्रहरीको फरार सूचीमा रहेका म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुजाले डेढ महिनापछि प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।   गत चैत ३० गते प्रहरीले शेरपुजाको कोटगाउँस्थित घर खानतलासी गर्दा एक राउण्ड गोली बरामद गरेको थियो । हात हतियार तथा खरखजना मुद्दा…

नेपालगञ्जमा भेटिए थप ७ कोरोना संक्रमित

नेपालगञ्जमा भेटिए थप ७ कोरोना संक्रमित

२३ बैशाख । बाँकेको नेपालगन्जमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्जमा गत शुक्रबार १ र आइतबार १५ जनामा कोरोना संक्रमण देखिएको थियो ।   मंगलबार संक्रमण पुष्टि हुनेमा २२, ३० र ४० वर्षीय पुरुष तथा ९, ३२, ३४ र ५५…

कर्णाली प्रदेश ७ दिनका लागि सिल

कर्णाली प्रदेश ७ दिनका लागि सिल

२३ बैशाख । कर्णाली प्रदेशका सबै नाका सात दिनका लागि सिल गरिने भएको छ भएको छ । सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।   छिमेकी प्रदेश ५ र सुदूरपश्चिममा कोरोना संक्रमण देखिएपछि परिषद्ले उक्त…

कर्णाली प्रदेश सरकारले ३३ अर्बको बजेट ल्याउदै, कृषिमा जोड दिन सांसदहरुको सुझाव

कर्णाली प्रदेश सरकारले ३३ अर्बको बजेट ल्याउदै, कृषिमा जोड दिन सांसदहरुको सुझाव

२२ वैशाख । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट ल्याउने गृहकार्यमा लागेको छ । प्रदेश सरकारले आउदो आर्थिक वर्षको लागी करिव ३३ अर्ब आसपासमा बजेट ल्याउने तयारी भईरहेको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो ।   प्रदेश सरकारले समानीकरण अनुदान…

वीरेन्द्रनगर नगरपालिका द्वारा कृषिमा अनुदान दिने निर्णय

वीरेन्द्रनगर नगरपालिका द्वारा कृषिमा अनुदान दिने निर्णय

२२ वैशाख । वीरेन्द्रनगर नगरपालिकाले कृषि जन्य वस्तुहरुमा किषानलाई अनुदान दिने घोषणा गरेको छ । वीरेन्द्रनगर नगरकार्यपालिकाको मिति २०७७ बैशाख १९ कार्यबाहक नगर प्रमुख श्री मोहनमाया ढकालको अध्यक्षतामा बसेको बैठक उक्त निर्णय गरेको हो । कोरोना संक्रमण रोक्नको लागी गरिएको बन्दाबन्दीको कारण कृषि क्षेत्रमा…

कोरोनाको हब बन्दै नेपालगञ्ज, एकैदिन १५ जनामा कोरोना संक्रमण पुष्टि

कोरोनाको हब बन्दै नेपालगञ्ज, एकैदिन १५ जनामा कोरोना संक्रमण पुष्टि

२१ वैशाख । बाँके जिल्लाको नेपालगञ्ज कोरोनाको हब बनेको छ । नेपालगञ्जमा एकैदिनमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता सह प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार साँझ…

नेपालगञ्जमा ९ र वीरगञ्जमा १ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ६९ पुग्यो

नेपालगञ्जमा ९ र वीरगञ्जमा १ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ६९ पुग्यो

वैशाख २१ । बाँकेको नेपालगञ्जमा एकै दिन ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको पुष्टि भएको छ । यसैगरी आइतबार नै पर्साको वीरगञ्जमा एक जना संक्रमित भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको बताउनु…