८ मंसीर । वीरेन्द्रनगरका महिला स्वास्थ्य स्वयमसेविकाहरुले आफुहरुको सुरक्षा गर्न स्थानिय सरकारसंग आग्रह गरेका छन् । आफ्नो जीवन समाजको सेवामा लगाएकोले सबै स्वयम्सेविकाको जीवन विमाको व्यवस्था गर्न नगरपालिकालाई अनुरोध गरेका छन् । ‘हो हामीले आफ्नो चाहनाले स्वयम्सेवा रोजेका हौं…
८ मंसिर । काँग्रेसको भातृ संगठन तरुण दलका कार्यकर्ताहरु र स्थानीय माओवादी कार्यकर्ताबीच सानीभेरी गापा ७ सहरेमा झडप हुँदा एक महिला गम्भीर घाईते भएकी छिन् । सानीभेरी गाउँपालिका ७ का वडा अध्यक्ष कुलबहादुर बुढाकी श्रीमति कल्पना बुढाको चौरजहारी अस्पतालमा उपचार हुन नसकेपछि…
काठमाडौैं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। महोत्तरीको जलेश्वरमा बिहीबार सार्वजनिक गरिएको घोषणापत्रमा राजपाले कृषकलाई सहुलियत ऋणदेखि उमेर पुगेर विवाह गर्ने महिलालाई मंगलसुत्र दिनेसम्मको विषय उल्लेख गरेको छ।
७ मंसिर । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्टहरु मिलेर नेपालमा अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन् । बिहिबार नेपाली काँग्रेस रुकुम पश्चिमले सदरमुकाम मुसिकोटमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले पार्टी एकता र गठबन्धनका नाममा नेपालको लोकतन्त्रलाई धरापमा पार्न खोजेको भन्दै…
७ मंसीर । मंसीर २१ मा हुन गइरहेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनलाइ केन्द्रित गरी बाम गठबन्धनले वीरेन्द्रनगर सुर्खेत र दैलेखमा जनसभा सम्पन्न गरेको छ । दुवै सभालाइ नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । कार्यक्रममा…
७ कार्तिक । वीरेन्द्रनगर १५ का रमेश रानाको दिन खरायोसंगै वित्छ । वीरेन्द्रनगर २ मा घर भाडामा लिएर उनले खरायो पालन सुरु गरेका छन् । साउदी अरबमा ५ वर्ष होटेलमा काम गरेका उनको अब स्वदेशमै केही गर्छु भन्ने अठोट छ ।
७ मंसीर । बिहिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको बाम गठबन्धनको संयुक्त जनसभालाई सम्बोधन गर्न केपी ओली सुर्खेत आएका छन् । आजै दैलेख बजार र दुल्लुमा आयोजना गरिएको सभालाई सम्बोधन गर्न जाने क्रममा उनी सुर्खेत अवतरण गरेका थिए । दैलेख र सुर्खेतका तीनै सभालाई…
७ मंसीर । दैलेख जिल्लाबाट प्रदेश सभाका उम्मेदवारलाइ तन्नेरीहरुले उम्मेदवारीको औचित्य सोधेका छन् । तन्नेरी चासो सुर्खेतले बिहीबार दैलेख सदरमुकाममा आयोजना गरेको सार्बजनीक बहस कार्यक्रममा उम्मेदवारहरुले विभिन्न प्रतिवद्धता जनाएका छन् । दैलेख क्षेत्र नम्बर १ ख बाट…
७ मंसीर । पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार मौन अवधि मध्यरात १२ बजेदेखि लागू हुनेछ । पहिलो चरणको निर्वाचन मंसिर १० गते ३२ जिल्लामा हुँदैछ । प्रदेश नम्बर ६ का…
तस्बिर मनिषा केसी ५ मंसीर । पश्चिम रुकुममा भरुवा बन्दुकसहित एक अफिम कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध अफिम मुद्दाका फरार प्रतिवादी मुसिकोट नगरपालिका ८ खाबाङखानीका ४० वर्षीय हिमबहादुर पाण्डेलाई सोमबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख डिएसपी…