Birendranagar Municipality

समाचार

वीनपा ४ मा एमालेका खनाल विजयी

सेरोफेरो३ जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ४ को अध्यक्षमा नेकपा एमालेका निलकण्ठ खनाल विजयी भएका छन् । उनले एक हजार चार सय ५९ मत पाएका थिए । उनले नेपाली काँग्रेसका उमेदवारलाई चार सय ४३ मतले पछि पारी जित हात पारेका हुन्…

बराहतालमा काँग्रेस विजयी

सेरोफेरो ३ जेठ, सुर्खेत । बराहताल गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका तेज बहादुर बस्नेत विजयी भएका छन् । उनले नेकपा एमालेका ताराकेशर गौतमलाइ पराजित गरेका हुन् । बस्नेतले तीन हजार दुई सय ३१ मत प्राप्त गरेका थिए भने एमालेका गौतमले दुई हजार नौ सय ८४…

दैलेखको चामुण्डा विन्द्रासैनी र ठाँटीकाँधमा एमाले विजयी

सेरोफेरो ३ जेठ, दैलेख । चामुण्डा बिन्द्रासैनी नगरपालिकामा नेकपा एमालेका सूर्यबहादुर शाही ले नेपाली काँगे्रसका गणेशबहादुर शाहीलाइ १०३ मत अन्तरले पराजित गरी मेयर पदमा विजयी भएका छन् । उनले दुई हजार सात सय ७३ मत प्राप्त गरेका थिए । यसैगरी उप–मेयरमा काँग्रेसकी ईन्द्रा…

गुराँस गाउँपालिका ६ मा एमालेका वली विजयी

गुराँस गाउँपालिका ६ मा एमालेका वली विजयी

सेरोफेरो ३ जेठ, दैलेख । गुराँस गाउँपालिका वडा नं ६ को अध्यक्षमा नेकपा एमालेका युवा उम्मेदवार हिम बहादुर वली सात सय १७ मतका साथ विजयी भएका छन् ।   उनले नेपाली काँग्रेसका शेर बहादुर बिसीलाई ७७ मतले पराजित…

वीनपा २ मा एमालेको प्यानलै विजयी

सेरोफेरो३ जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ को अध्यक्षमा बलबहादुर रोकाय सहित नेकपा एमालेको प्यानलले जितेको छ ।   रोकायले एक हजार पाँच सय ५० मत र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका लालबहादुर चौधरीले एक हजार चार सय १४ मत प्राप्त…

वीनपा ३ मा काँग्रेसका खत्री विजयी

वीनपा ३ मा काँग्रेसका खत्री विजयी

सेरोफेरो३ जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ३ मा नेपाली काँग्रेसका भुपेन्द्र खत्री वडाध्यक्ष पदमा प्यानलसहित विजयी भएका छन् । उनले नेकपा एमालेका उमेदवार धनबहादुर बुढालाई ४९३ मतले पछि पार्दै जित हात पारेका हुन् । खत्रीले १३६५ मत प्राप्त गरेका थिए ।

चिंगाड र सिमकोटमा नेपाली काँग्रेस विजयी

सेरोफेरो ३ जेठ, सुर्खेत । सुर्खेतको चिंगाडमा नेपाली काँग्रेसका देवबहादुर चन्द गाउँपालिका अध्यक्ष पदमा विजयी भएका छन् । चन्दले दुई हजार नौ सय ४९ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बखत बहादुर खत्रीले दुई हजार तीन सय ८५ मत प्राप्त…

बागी उमेदवारको जित

सेरोफेरो२ जेठ, सुर्खेत । बराहताल गाउँपालिका वडा नम्बर ६ मा नेपाली काँग्रेसका बागी उम्मेदवार खगेन्द्र गिरीले जित हासिल गरेका छन् । उनले काँग्रेसका नवराज शर्मालाई ४६ मत अन्तरले जितेका हुन् । गिरीले २८९ मत प्राप्त गरेका थिए भने काँग्रेसका आधिकारिक उमेदवार नवराज…

नारायण नगरपालिकामा एमाले विजयी

नारायण नगरपालिकामा एमाले विजयी

सेरोफेरो २ जेठ, दैलेख । नारायण नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उमेदवार विजयी भएका छन् । एमालेका रत्नबहादुर खड्काले प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मणिराम रेग्मीलाई हराई मेयरमा बाजी मारेका हुन् । यसैगरी उपमेयरमा नेपाली काँग्रेसकी वासना थापालाई एमालेकी सावित्रि मल्लले पराजित गरेकी छन्…

दैलेखमा सुरक्षा सतर्कता

सेरोफेरो २ जेठ, दैलेख । जिल्ला प्रशासन कार्यालय दैलेखले बेलुकी सातदेखि बिहान पाँच बजे सम्म विजय जुलुस वा र्‍याली नगर्न सबैलाई अनुरोध गरेको छ । सोमबार जिल्ला प्रशासनले माइकिङ गरी उक्त अनुरोध सार्वजनिक गरेको हो ।   नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताहरु बीच…