Birendranagar Municipality

समाचार

गुर्भाकोट नगरपालिकामा काँग्रेस विजयी

सेरोफेरो ४ जेठ, सुर्खेत । गुर्भाकोट नगरपालिकामा नेपाली काँग्रेसका हस्त पुन दश हजार ६३ मत प्राप्त गरी मेयर पदमा निर्वाचित भएका छन् । एमालेका देव बहादुर खत्रीले सात हजार एक सय २३ मत ल्यायका छन् ।   त्यस्तै माओवादी केन्द्रका हिरा बहादुर थापाले एक…

प्यूठानमा अघोषित लोडसेडिङ्ग कहिले सम्म ?

प्यूठानमा अघोषित लोडसेडिङ्ग कहिले सम्म ?

मदन खडका४ जेठ, प्यूठान। प्यूठानमा विद्युत अनियमित रुपमा आउने जाने गर्दा सरोकारवालाले सास्ती वेहोर्नु परेको छ । लोडसेडिङ्गको स्थायी तालिका जारी नहुँदा खासगरी विद्यार्थी, इलेक्ट्रोनिक व्यवसायी र सर्वसाधारण मर्कामा परेका छन् । ‘अनियमित विद्युत आउने जाने गर्नाले व्यवसाय…

सिम्तामा एमाले विजयी

सिम्तामा एमाले विजयी

सेरोफेरो४ जेठ, सुर्खेत । सिम्ता गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कबिन्द्रकुमार केसी सहितको प्यानल निर्वाचित भएको छ ।   केसीले नेपाली काँग्रेसका उमेदवार खड्क पोखरेललाई सात सय ५१ मत अन्तरले पराजित गरी अध्यक्ष पदमा विजयी भएका हुन् । उनले पाँच हजार तीन सय ५५…

दैलेखमा माओवादी केन्द्र निल : एमाले सात र काँग्रेस चार स्थानमा विजयी

दैलेखमा माओवादी केन्द्र निल : एमाले सात र काँग्रेस चार स्थानमा विजयी

सेरोफेरो ४ जेठ, दैलेख । दैलेख जिल्लाका सम्पूर्ण स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । ११ स्थानीय तहमध्ये नेकपा एमालेले सात स्थानमा विजय हासिल गरी अग्र स्थानमा रहेको छ । एमालेले सात प्रमुख र उपप्रमुख हात पारेको छ भने नेपाली काँग्रेसले चार…

वीनपा ६ मा कांग्रेस विजयी

सेरोफेरो४ जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ को अध्यक्षमा नेपाली कांग्रेसका मोतिप्रसाद कंडेलको प्यानल विजयी भएको छ ।  उनले नेकपा एमालेका नन्द भण्डारीलाई १८२ मत अन्तरले पछि पारे । विजयी कंडेलले ८२४ मत ल्याए भने एमालेका नन्द भण्डारीले ६४२ मत ल्याएका…

रुकुमका सबै तहमा माओवादीको जित

सेरोफेरो४ जेठ, रुकुम । नेकपा माओवादी केन्द्रले रुकुमका ६ वटै स्थानीय तहमा विजय हासिल गरेको छ । भर्खरै आठविसकोट नगरपालिकामा पनि जितेपछि जिल्लाका ६ वटै तहमा जित हासिल गरेको हो । यस अघि दुईवटा नगरपालिका र ३ गाउँपालिका जितेको थियो । आठविसकोट…

वीनपा ५ मा नेपाली काँग्रेस विजयी

सेरोफेरो४ जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ५ मा नेपाली काँग्रेसका उमेदवार राजबहादुर गुरुङ विजयी भएका छन् । उनले नेकपा एमालेका उमेदवारलाई ६९ मत अन्तरले पछि पारी वडा अध्यक्षमा विजयी भएका हुन् । उनले आठ सय १० मत प्राप्त गरेका थिए ।…

काँग्रेसकी कान्तिका पहिलो निर्वाचित महिला मेयर

सेरोफेरो ४ जेठ, जुम्ला । चन्दननाथ नगरपालिकामा नेपाली काँग्रेसकी कान्तिका सेजुवाल मेयर पदमा निर्वाचित भएकी छन् । उनले दुई हजार सात सय ७७ मत ल्याई जित हात पारेकी हुन् । प्रतिस्पर्धी नेकपा एमालेका शान्तिलाल महतलाई सात सय ७१ मत अन्तरले पराजित गरी मुलुककै पहिलो…

सुर्खेतकै पहिलो मेयर बने एमालेका गगनसिंह

सुर्खेतकै पहिलो मेयर बने एमालेका गगनसिंह

सेरोफेरो३ जेठ, सुर्खेत । लेकबेशी नगरपालिकाको मेयरमा नेकपा एमालेका गगनसिंह सुनार विजयी भएका छन् । उनले नेपाली काँग्रेसका उमेश पौडेललाई हराई मेयर पदमा निर्वाचित भएका हुन् । सुनारले पाँच हजार तीन सय १७ मत प्राप्त गरेका थिए ।   उपमेयरमा एमालेकै शान्तिकुमारी छन्त्याल विजयी…

नवनिर्वाचित उपमेयरमाथि आक्रमण : २५ घाइते, दुई गम्भीर

सेरोफेरो३ जेठ, दैलेख । चामुण्डा विन्द्रासैनी नगरपालिकाका नवनिर्वाचित उपमेयर तारा शाहीमाथि आक्रमण गरिएको छ । शाहीको टोलीले विजय उत्सव मनाइरहेको समयमा आक्रमण हुँदा २५ जना घाइते भएका छन् । आक्रमणबाट घाइते भएकामध्ये योगेन्द्र शाही र मदन शाही गम्भीर छन् भने स्थिति तनावग्रस्त…