Birendranagar Municipality

समाचार

डा. केसीको समर्थनमा तरुण दलको प्रदर्शन, अध्यक्षसहित थुप्रै घाइते

डा. केसीको समर्थनमा तरुण दलको प्रदर्शन, अध्यक्षसहित थुप्रै घाइते

५ साउन । स्वास्थ्य शिक्षा विधेयकको विरुद्धमा अनसनरत डा. गोविन्द केसीको मागको पक्षमा काठमाडौंको माइतीघरबाट निस्केको विशाल जुलुस नयाँ बानेश्वरतर्फ जाँदा तरुण दल र प्रहरीबीच झडप भएको छ।   भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गर्दा तरुण दलका अध्यक्षसहित अन्य आन्दोलनकारी घाइते भएका छन्…

सुर्खेतमा घरेलु हिंसाको दर बढ्दो : एकवर्षमा ४ सय ५९ घटना दर्ता

सुर्खेतमा घरेलु हिंसाको दर बढ्दो : एकवर्षमा ४ सय ५९ घटना दर्ता

५ साउन । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा एकवर्षमा ४ सय ५९ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन् । आर्थिक वर्ष २०७४/७५ मा भएका १३ सय ७६ वटा घटना मध्ये ४ सय ५९ वटा घटना घरेलु हिंसाका मात्रै दर्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले…

रुकुम पश्चिममा ७५ करोड बजेट फ्रिज

रुकुम पश्चिममा ७५ करोड बजेट फ्रिज

४ साउन । रुकुम पश्चिममा आर्थिक वर्ष ०७४/७५ मा करिब ७५ करोड बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय रुकुम पश्चिमको तथ्याङ्क अनुसार ७४ करोड ४५ लाख ८६ हजार आठसय ८३ रुपैयाँ बजेट फ्रिज भएको हो ।   कर्मचारीको तलब भत्ता,…

नयाँ आर्थिक बर्षमा वनगाड कुपिण्डेको नीति कार्यक्रम तथा बजेट किन आएन ?

नयाँ आर्थिक बर्षमा वनगाड कुपिण्डेको नीति कार्यक्रम तथा बजेट किन आएन ?

४ साउन । नयाँ आर्थिक वर्ष ०७५/०७६ को शुरुवात भई सक्दा समेत सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिकामा अझै पनि नीति , कार्यक्रम तथा बजेट सार्वजनिक हुन सकेको छैन् । जिल्लाको पश्चिम क्षेत्रमा रहेको यो नगरपालिकामा आर्थिक वर्ष ०७५/०७६ को बजेटको विषयमा विवाद हुँदा नीति तथा कार्यक्रम…

 डा. केसी भेट्न गएका मुख्यमन्त्री शाहीलाई गेटबाटै फर्काइयो, प्रहरी र विद्यार्थी बीच झडप, एक दर्जन घाइते

डा. केसी भेट्न गएका मुख्यमन्त्री शाहीलाई गेटबाटै फर्काइयो, प्रहरी र विद्यार्थी बीच झडप, एक दर्जन घाइते

३ साउन । २० दिनदेखी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमरण अनसन बसिरहेका डा. गोबिन्द केसीलाई भेट्न गएका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई केसीका समर्थकले गेटबाटै फर्काइदिएका छन् ।    डा. केसीको अवस्था बुझ्न बिहिबार जुम्ला पुगेका मुख्यमन्त्री शाही डा. केसीलाई लिएर सुर्खेत एयरपोर्टमा…

काठमाडौं जान मानेनन् डा. केसी, भने- माया भए माग पूरा गर !

३ साउन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २० दिनदेखि आमरण अनसन बसेका डा. गोविन्द केसी काठमाडौं जान अस्वीकार गरेका छन् ।   कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र शिक्षा सचिव खगराज बरालसहितको टोली हेलिकोप्टर लिएर उनलाई लिन बिहिबार बिहान जुम्ला पुगेको थियो ।…

वीरेन्द्रनगरमा आतंक मच्चाउने चितुवालाई छोपेर बाँके पठाइयो

वीरेन्द्रनगरमा आतंक मच्चाउने चितुवालाई छोपेर बाँके पठाइयो

३ साउन । वीरेन्द्रनगर नगरपालिका ११ मा घर पालुवा जनावरहरु खाएर १२ दिन देखी सास्ती दिइरहेको एक चितुवालाई समातिएको छ । जिल्ला वन कार्यालय सुर्खेतको आग्रहमा बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको विज्ञ टोलीले चितुवालाई बुधबार साँझ पासोमा पारेको हो ।   चितुवाले वीरेनद्रनगरको सुब्बाकुना र…

डा. गोविन्द केसीलाई आजै काठमाडौं लगिने

डा. गोविन्द केसीलाई आजै काठमाडौं लगिने

३ साउन । मेडिकल शिक्षा सुधारको मागसहित जुम्लामा १९ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई उपचारका लागि आज काठमाडौं ल्याइने भएको छ ।   जुम्लास्थित कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहे पनि उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । बुधबार साँझ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले…

नगर सभाबाट पास भएको बजेटमा जनप्रतिनिधिको असन्तुष्टि

नगर सभाबाट पास भएको बजेटमा जनप्रतिनिधिको असन्तुष्टि

२ साउन । सुर्खेतको भेरीगंगा नगरपालिकामा गत असार ३२ गते बसेको नगरसभाबाट पारित भएको नीति तथा कार्यक्रमको जनप्रतिनिधिले असन्तुष्टि जनाएका छन् ।   बुधबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले सत्ता पक्षबाट प्रतिपक्षको मागलाई बेवास्ता गरी हिटलर शैलीबाट नीति तथा कार्यक्रम र बजेट पास…

जीप दुर्घटना हुँदा ७ को मृत्यु, ४ घाईते

जीप दुर्घटना हुँदा ७ को मृत्यु, ४ घाईते

२ साउन । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट धौलापैरातर्फ जाँदै गरेको लु १ ज २५७३ नम्बरको जीप बुधबार दिउँसो सिस्ने गाउँपालिका –५, धार्पानीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।   दुर्घटनामा परी मृत्यु हुनेहरुमा रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका –२ का २२…